साफ च्याम्पियनसिपमा भुटानमाथि नेपालको जित
काठमाडौं - बीस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित गरेको छ ।
माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को जित हासिल गरेको हो । नेपालको जितमा सुजन डङ्गोल र सुवास वमले समान एक–एक गोल गरे । यता भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काए ।
खेलको पाँचौँ मिनेटमा सुजनले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५२औँ मिनेटमा सुवासले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता बनाए ।
खेलको ८३औँ मिनेटमा भुटानका धेनदुपले गोल गर्दै खेललाई २–१ तर्फ अगाडि बढाए । त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथि २–१ को जित दर्ता गरायो ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२ २०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

