Harsamaya
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ । खेल फेब्रुअरी ८ मा हुनेछ ।

नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले तेस्रोपटक विश्वकप खेल्न लागेको हो ।

fixture-1764083314.jpg
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update