सशस्त्र प्रहरीद्वारा पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद
मंगलबार, माघ ८, २०८१
सशस्त्र प्रहरी बलले चालु आवको ६ महिनामा १६ करोड ४७ लाख ४१ हजारको भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । त्यस्तै सोही अवधिमा रु चार करोड ६० लाख ८५ हजार मूल्य पर्ने बिलबिजक नभएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।

यी हुन् बारा, पर्सा र रुपन्देही जान शक्तिकेन्द्र धाइरहेका र आइजिपी कुँवरको भरोसा गरिरहेका एसपी
सोमबार, माघ ७, २०८१
प्रहरी प्रधान कार्यालयले पुस २९ गते २५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गर्यो।
बढुवा सिफारिसमा परेका प्रहरी उपरीक्षकहरूलाई मंगलबार (भोलि) नभए बुधबार (पर्सी) दर्ज्यानी चिन्ह प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

धरानमा आफ्नै साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ
सोमबार, माघ ७, २०८१
शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले तत्कालै विराटनगरस्थित बिराट नर्सिङ अस्पताल रेफर गरेको थियो ।
-1737372295.png)
गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग
सोमबार, माघ ७, २०८१
साथै शुक्रबार बिहान पुनः सुनियोजित तवरले केही अराजक जत्थाले गढीमाई मन्दिर परिसरभित्र छिरी त्यहाँ रहेको दानपेटिका र पङ्खाहरू तोडफोड गरी चरम उद्दण्डता गरेको दृश्यहरू सिसी टिभी फुटेजमा सहजै देखिएको उक्त ज्ञापनपत्रमार्फत जनाइएको छ ।

चितवनमा युवकलाई कुट्ने प्रहरी निलम्बित,के थियो घटना ?
सोमबार, माघ ७, २०८१
चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।

रौतहटमा फरार ११ प्रतिवादी पक्राउ
सोमबार, माघ ७, २०८१
त्यस्तै कुटपिट मुद्दाका महेन्द्र महरा चमार, पुनकलिया देवी, मनिता कुमारी, निलम देवी, उषा देवी राम र बहुविवाह मुद्दाका आरोपी शेख नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतो द्वारा सूचनामा उल्लेख गरिएको छ।

ब्राउन सुगरसहित जितपुरका थापा पक्राउ
आइतबार, माघ ६, २०८१
प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । काठमाडौं तारकेश्वर नगरपालिका - ३ जितपुरका ४२ वर्षाीया सोभित थापालाई १० ग्राम ब्राउन सुगरसहित किर्तिपुरबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ
आइतबार, माघ ६, २०८१
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट घटनामा एक जना पक्राउ परेका छन् ।
प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डेलाई पक्राउ गरेको हो।

पर्साबाट १९५ किलोग्राम गाँजासहित एक जना पक्राउ
आइतबार, माघ ६, २०८१
इलाका प्रहरी कार्यालय पोखरीयासमेतबाट खटिएको प्रहरीले बा.प्र.०३–००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा अनलोड गरी परालको थुप्रोमा लुकाई छिपाई भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरेको हो ।

लागूऔषधसहित रौतहट, बर्दिया र कैलालीबाट पाँच जना पक्राउ
आइतबार, माघ ६, २०८१
कैलाली, गोदावरी नगरपालिका–१ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्राम ८४० मिलिग्रामसहित सोही ठाउँ बस्ने बैतडी पाटन नगरपालिका–८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको...

कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा आक्रमण
शनिबार, माघ ५, २०८१
कोशीका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ।
नेपाल प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको हो।

चितुवाको छालासहित एक जना पक्राउ
शनिबार, माघ ५, २०८१
कैलालीमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रहरीले चौधरीलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको जनाएको छ।

सुकुटी सेन्टरकी संञ्चालिका पक्राउ
शनिबार, माघ ५, २०८१
कञ्चनपुरमा सुकुटी सेन्टर संञ्चालन गरेर बसेकी शान्ती ऐरलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ।
दार्चुलाको महाकाली नगरपालिका–४ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ चम्मन चौराहमा ४२ वर्षीया ऐरले सञ्चालन गरेको रोल्पाली सुकुटी सेन्टर होटलबाट २ दशमलव ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित बरामद भएपछि उनलाई पक्राउ गरिएको हो।
साताको लोकप्रिय