Harsamaya
लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो
लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो लाहानका किसानले खुट्टी खोलाको नहरलाई नगर प्रमुखले शौन्दर्यकरणको नाममा भूमाफियाको मिलोमतोमा जनविरोधी कार्य गरेको भन्दै पालिकाविरुद्ध आन्दोलन चर्किएको छ। सिरहाको लाहान नगरपालिकाका मेयर महेश प्रशाद चौधरीले भूमाफियासँगको साँठगाँठमा किसान र अदालतको आदेश विपरित लाहानको ऐतिहासिक खुट्टी नहरलाई ढलमा परिणत गर्ने निर्णयविरुद्ध किसानहरुले दोस्रो चरणको आन्दोलनको घोषणा गरको हो । 
आजको राशिफल : सफलता, प्रेम र अवसरका नयाँ संकेतहरू !
आजको राशिफल : सफलता, प्रेम र अवसरका नयाँ संकेतहरू ! आजको ग्रह-नक्षत्रको चालले तपाईँको जीवनमा के प्रभाव पार्दैछ? मेहनत, सफलता, र प्रेमका विशेष संकेतसहित प्रस्तुत छ दैनिक राशिफल ! मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।
बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल 
बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल  गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन् ।
चार जनाको शव फेला
चार जनाको शव फेला  देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।  
वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु
वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको छ । शम्शेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज भवती सामुदायिक वनमा दाउरा काट्न जानुभएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने अनुमान गरिएको छ । 
गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।
गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण
गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ । वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको वासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए...
काठमाडौं महानगरपालिकामा बचतकर्ताको ४ अरब ४९ करोड रुपैयाँ डुबेकाे भन्दै उजुरी
काठमाडौं महानगरपालिकामा बचतकर्ताको ४ अरब ४९ करोड रुपैयाँ डुबेकाे भन्दै उजुरी काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन् ।  महानगरपालिकाले अनुसन्धान र कारवाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो माग दावी गरेका हुन् ।
आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार : ६ महिनामा लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन
आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार : ६ महिनामा लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार आएको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा (साउन देखि पौषसम्म) लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन गरेको छ । 
सुनको भाउ तोलामा १९ सयले बढ्यो
सुनको भाउ तोलामा १९ सयले बढ्यो नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा
कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले तीन लाख चार हजार लागतमा ठेक्का प्रक्रियामार्फत शव चिस्यानयन्त्र खरिद गरी सेवा सञ्चालन गरेको हो ।
शिवसताक्षी नगरपालिकामा फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक
शिवसताक्षी नगरपालिकामा फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक 'स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको हो,' उनले भनिन्, 'माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई जानकारी गराइसकेका छौँ ।'
Weather Update