सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो
काठमाडौं - सर्लाहीका एक युवकले आफ्नै शरीमार पेट्रोल छर्केर आगो लगाएका छन् ।
शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।
पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण भने खुलेको छैन । अहिले उनको उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदैछ । हेलिकप्टरबाट काठमाडौं ल्याउने व्यवस्था गर्न स्थानीय प्रशासनले सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहलाई गुहारेका थिए ।
सिंहले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याएर उपचार गराउने पहल भइरहेको उल्लेख गरेका छन् ।
प्रहरीका अनुसार घरमा भएको विवादपछि विवेक मण्डल घरबाट निस्किएर सडकमा पुगेका थिए । त्यसपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३ १९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

