Harsamaya
कृयाशील सदस्यता सुदृढीकरणमा सिन्धु कांग्रेस, १२ स्थानीय तहमा प्रतिनिधि खटाइयो
नेपाली कांग्रेस सिन्धुपाल्चोकले पार्टीको मेरुदण्ड मानिने कृयाशील सदस्यता अध्यावधिक अभियानलाई प्रभावकारी र सुदृढ बनाउन जिल्लाका १२ वटै स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णय ।

काठमाडौँ - नेपाली कांग्रेस सिन्धुपाल्चोकले पार्टीको मेरुदण्ड मानिने कृयाशील सदस्यता अध्यावधिक अभियानलाई प्रभावकारी र सुदृढ बनाउन जिल्लाका १२ वटै स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

जिल्ला सभापति जंग बहादुर लामाले केन्द्रको परिपत्रअनुसार स्थानीय तहसम्म पुगेर सदस्यता अध्यावधिक अभियानलाई सक्रिय बनाउन १२ जना प्रतिनिधि तोकिएको जानकारी दिए ।

खटाइएका प्रतिनिधिहरूमध्ये हेलम्बु गाउँपालिकामा पूर्व जिल्ला सहसचिव अनुप न्यौपाने, पाँचपोखरी थाङपाल गाउँपालिकामा पूर्व जिल्ला सचिव बिलबहादुर तामाङ, मेलम्ची नगरपालिकामा पूर्व जिल्ला कोषाध्यक्ष पासाङ दोङ, इन्द्रावती गाउँपालिकामा महासमिति सदस्य सविता गुरुङ, चौतारा साँगाचोकगढी नगरपालिकामा जिल्ला सचिव रमेशराज भण्डारी, भोटेकोशी गाउँपालिकामा जिल्ला सचिव भक्तध्वज बोहोरा, बाह्रबिसे नगरपालिकामा क्षेत्र नं. १ प्रदेशसभा ‘ख’ का सभापति देवेन्द्र खड्का, त्रिपुरासुन्दरी गाउँपालिकामा जिल्ला उपसभापति दोर्जे लामा, लिसंखुपाखर गाउँपालिकामा महासमिति सदस्य भोला बोहोरा, बलेफी गाउँपालिकामा क्षेत्र नं. १ का सचिव संचवीर तामाङ तथा जुगल गाउँपालिकामा बागमती प्रदेश महाधिवेशन प्रतिनिधि रमेश थापालाई जिम्मेवारी दिइएको छ ।

सभापति लामाले प्रतिनिधिहरूले स्थानीय स्तरमै पुगेर कृयाशील सदस्यता अध्यावधिक अभियानलाई थप मजबुत र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले आजै काठमाडौंमा उपलब्ध प्रतिनिधिहरूलाई बोलाएर अभियानलाई सक्रिय र सुदृढ बनाउन आवश्यक निर्देशनसमेत दिएका छन् ।

आगामी महाधिवेशनलाई लक्षित गर्दै नेपाली कांग्रेसले कृयाशील सदस्यता अध्यावधिक अभियानलाई जिल्लाभर तीव्र बनाउने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २७, २०८३  २०:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update