काठमाडौंमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास
काठमाडौं - राजधानीको बुद्धनगरमा शनिबार बिहान एक पुरुषले आफ्नै कोठाभित्र आत्मदाहको प्रयास गरेका छन्।
काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित डेरामा बस्दै आएका ४५ वर्षीय अश्विन राउतले पारिवारिक विवादपछि शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनापछि गम्भीर घाइते भएका राउतलाई तत्काल वीर अस्पताल पुर्याइएको थियो। अस्पतालका चिकित्सकका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ र उपचार भइरहेको छ।
प्रहरीले प्रारम्भिक रूपमा छोरासँग भएको विवादपछि उनले आत्मदाहको प्रयास गरेको देखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असार २७, २०८३ ०८:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

