संसद् विघटनविरुद्धको रिटमा सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने
बुधबार, माघ १४, २०८२
विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे नेतृत्वको पूर्वसांसदको टोलीले आफूहरूको रिट छिटो अगाडि बढाउन ध्यानाकर्षण गराउनका लागि प्रधानन्यायाधीश राउतसँग भेट्न लागेको हो । यसका लागि बिहीबार बिहान ११ बजेका लागि समय लिइसकेको घिमिरेले जानकारी दिए ।
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी
बुधबार, माघ १४, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ । यो झण्डै भारी वर्षाको नजिक हो ।
हिमपातले मुगुमा सडक तथा हवाई सेवा बन्द
बुधबार, माघ १४, २०८२
चिसोका कारण वृद्धवृद्धा, बालबालीका र गर्भवती महिनलाहरु प्रभावित भएका छन् ।
नागरिक दैनिक पत्रिकामा कार्यरत पत्रकारले पाएनन् तलब
बुधबार, माघ १४, २०८२
श्रमजीवी पत्रकार ऐनले तोकेको न्यूनतम पारिश्रमिक र सेवासुविधाबाट वञ्चित हुनुपरेको गुनासासहितको उजुरी प्राप्त भएपछि पत्रकारका पक्षमा उभिएको महासंघले स्पष्ट गरेको छ ।
आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुन सक्दैनन : सुनिता डंगोल
बुधबार, माघ १४, २०८२
काठमाडौं महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुन नसक्ने बताएकी छन् ।
भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्नेः मौसमविद् बिनु महर्जन
बुधबार, माघ १४, २०८२
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण रूपमा बादल लागेको छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
सिन्धुलीमा मोटरसाइकल दुर्घटना : उपचारका क्रममा चालक सुनुवारको मृत्यु
बुधबार, माघ १४, २०८२
उनको निधार, मुख र अनुहारमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
मुगुमा फेरि हिमपात, बस्ती सेताम्य, किसानलाई राहत
बुधबार, माघ १४, २०८२
मुगु जिल्लामा मंगलबार रातिदेखी फेरि हिमपात भएको छ ।
मुस्ताङमा हिमपात : जनजीवन प्रभावित, मुक्तिनाथ अवलोकनमा नआउन प्रहरीको अनुरोध
बुधबार, माघ १४, २०८२
प्रहरीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै भनेको छ, ‘आज बिहानै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात भइरहेको र बाटो अवरुद्ध भएकाले यो क्षेत्रमा यात्रा नगर्नुहुन सम्पूर्ण यात्रु साथै सरोकारवालामा जानकारीको लागि अनुरोध गरिएको छ ।’ हिमपात भएपछि मुक्तिनाथलगायतका क्षेत्रमा गएकाहरू बाटोमै रोकिएका छन् ।
आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस
बुधबार, माघ १४, २०८२
२०८१ पुस १६ गतेको मन्त्रिपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, सातै प्रदेशमा वर्षा
बुधबार, माघ १४, २०८२
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २६
बुधबार, माघ १४, २०८२
श्रीस्वस्थानी व्रतकथाको षट्विंशौँ अध्यायमा चन्द्रावतीले अहंकार र देवीनिन्दाका कारण भोग्नुपरेको घोर दुःख र पश्चात्तापपछि उद्धारको मार्ग समातेको प्रसंग प्रस्तुत गरिएको छ । ब्राह्मणहरूले दिएको भातसमेत खान नपाई अनेक विपत्तिमा परेकी चन्द्रावतीले आफ्ना कर्म सम्झँदै आफू स्वस्थानी परमेश्वरीको अपमानकै कारण यस्तो अवस्थामा पुगेको स्वीकार गर्छिन् ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
बुधबार, माघ १४, २०८२
आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ ।
साताको लोकप्रिय

