युरोपेली युनियनका राजदूत र ललितपुर महानगर प्रमुखबिच भेटवार्ता
मंगलबार, वैशाख १६, २०८२
ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जन र युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा नगर प्रमुख चिरी बाबु महर्जनले महानगरमा भएका कामको बारेमा चर्चा गरेका थिए ।
बङ्गालको खाडीबाट भित्रेको जलवाष्पयुक्त हावाको प्रभाव, कोशी , बागमती , लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा
मंगलबार, वैशाख १६, २०८२
सुदूर पश्चिम प्रदेशमा आंशिक देखि साधारणता बदली रही बाँकी भूभागमा साधारणता बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आजको राशिफल : अवसर, चुनौती र सफलता सँगै
मंगलबार, वैशाख १६, २०८२
आज २०८२ वैशाख १६ गते मंगलबार। आजको दिन तपाईंको लागि के सन्देश लिएर आएको छ? ग्रहहरूको चालले तपाईंको जीवनमा के-कस्ता परिवर्तन ल्याउने छन्? प्रेम, व्यापार, स्वास्थ्य र सम्बन्धमा कुन राशिलाई कस्तो असर पर्छ भन्ने सम्पूर्ण विवरण यहाँ प्रस्तुत गरिएको छ।
भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह
सोमबार, वैशाख १५, २०८२
महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्य पात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ । तर, उक्त कार्य पात्रो बमोजिम विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप हालसम्म पनि सञ्चालन हुन नसक्दा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता राजु महर्जनले सामुदायिक विद्यालयलाई गरेको पत्राचारमा भनिएको छ ।
एनआरएनए एकता महाधिवेशन उदघाटन गर्न राष्ट्रपतिलाई निम्तो
सोमबार, वैशाख १५, २०८२
सोमबार बिहान राष्ट्रपति कार्यालयमा भेटेर उनीहरूले निम्तो दिएका हुन्। उक्त अवसरमा उच्चस्तरीय समितिकी सदस्यसचिव जानकी गुरुङले महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको बताइन्।
मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उपकरण खरिदमा अनियमितता, विशेष अदालतमा मुद्दा दर्ता
सोमबार, वैशाख १५, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार छुट्टाछुट्टै ४ वटा भ्रष्टाचार मुद्दा दायर गर्दै ५२ करोड ४२ लाख ५४ हजार ४६० रुपैयाँ बिगो माग दाबी समेत गरेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशालाको उपकरण खरिदमा व्यापक अनियमितता भएको ठहरसहित एउटा मुद्दामा २१ करोड ८९ लाख ३९ हजार ७६० रुपैयाँ बिगो...
खुम्जुङमा हिउँ परेसँगै थपि दिएको सुन्दरता
सोमबार, वैशाख १५, २०८२
सोलुखुम्बु जिल्लाको एभरेष्ट क्षेत्रभित्र पर्ने एक सुन्दर गाउँ हो-खुम्जुङ। यो गाउँ हिमाली सौन्दर्य, संस्कृति र पर्यटनको अद्भुत मिश्रण हो।
राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले प्रदर्शन गर्दै
सोमबार, वैशाख १५, २०८२
गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो ।
चलचित्र विधेयक संसद्मा दर्ता, डिजिटल प्लेटफर्ममार्फत चलचित्र प्रदर्शन गर्दा इजाजत लिनुपर्ने प्रस्ताव
सोमबार, वैशाख १५, २०८२
डिजिटल प्लेटफर्ममार्फत चलचित्र प्रदर्शन गर्दा इजाजत लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । पहिलो पटक डिजिटल प्लेटफर्मबाट फिल्म देखाउँदा इजाजत लिनुपर्ने प्रस्ताव गरिएको हो । ओटीटीलाई पनि विधेयकले दायरामा ल्याउन खोजेको छ ।
सङ्क्रमणकालीन आयोगका १० पदाधिकारीका लागि ३४ जना सूचीकृत, नामावलीमा परेका व्यक्तिबारे प्रतिक्रिया आह्वान
सोमबार, वैशाख १५, २०८२
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि ३४ जनाको संक्षिप्त सूची प्रकाशित गरिएको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
सोमबार, वैशाख १५, २०८२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।
पाल्पामा जीप दुर्घटना, ३ जनाकाे मृत्यु
सोमबार, वैशाख १५, २०८२
पाल्पाको रैनदेवी छहरा १ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, कोशी, मधेश, बागमती लगायतका प्रदेशमा वर्षा र हावाहुरीकाे सम्भावना
सोमबार, वैशाख १५, २०८२
देशभर आंशिक देखि साधारणता बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साताको लोकप्रिय

