Harsamaya
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
संघीय संसद ।

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

यसै गरी प्रधानमन्त्री  केपी शर्मा ओलीले “नेपालको संविधानको धारा ५३ एवं सुशासन ( व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१“ पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ । यस्तै  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले “नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update