सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशमा वर्षाको सम्भावना
शुक्रबार, फागुन ९, २०८१
आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
तपाईंको आजको दिन कस्तो छ ?
शुक्रबार, फागुन ९, २०८१
कुम्भ
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न भारतको मानवअधिकार आयोगलाई पत्राचार
बिहीबार, फागुन ८, २०८१
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा नेपाली विद्यार्थीले सत्यतथ्य छानबिन गर्न माग गर्दा उनीहरूमाथी भएको कुटपिट र दुव्र्यवहाबारे छानबिनका लागि भन्दै पत्राचार गरेको बताए ।
फागुन १० देखि स्वयम्भू महोत्सव
बिहीबार, फागुन ८, २०८१
परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिने वडाध्यक्ष डङ्गोलले जानकारी दिए।
बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु
बिहीबार, फागुन ८, २०८१
जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको बुधवार भिरबाट लडेर मृत्यु भएको छ। दार्चुलाको शैलशिखर नगरपालिका–१ बारिलका खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर घाइते भएका थिए।
हनुमानढोका युवक मृत्यु प्रकरणः दुईजना प्रहरीको नियन्त्रणमा
बिहीबार, फागुन ८, २०८१
उनले भने, ‘हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ ।’ मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
सेतोपुलको सार्वजनिक शौचालय महिनौंदेखि बन्द
बिहीबार, फागुन ८, २०८१
काठमाडौंकै वडामा रहेको शौचालयको मेसिन बिग्रेर शौचालय नै महिनौ बन्द हुनु भनेको लाजमर्दो कुरा हो । तर सार्वजनिक शौचालय भने महिनौं देखि बन्द रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उक्त शौचालयमा दिशा गरेको १० रुपैयाँ र पिसाबको ५ रुपैयाँ लिने गरिएको थियो ।
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
बिहीबार, फागुन ८, २०८१
हिमा गाउँपालिकाका ७ वडामध्ये १, २, ३ र ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमका बीच कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिन्जा गाउँपालिका–२, ४ र ६ लाई बालविवाह मुक्त घोषणा भएका हुन ।
केबलकार निर्माणको विरोधमा पाथीभरासम्म पदयात्रा, राजेन्द्र महतोको नेतृत्व
बिहीबार, फागुन ८, २०८१
पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु रहेको थियो। सहभागीहरूले परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए। उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
बिहीबार, फागुन ८, २०८१
भेडाको ऊनबाट कम्बल, स्विटर, टोपीलगायत न्याना कपडा बुनिन्छ तर आधुनिक ब्लाङकेटले यसलाई विस्थापित गरेको छ । ब्लाङकेट रु दुईदेखि तीन हजारमा पाइन्छन् तर ऊनबाट बनाइएका कम्बल तुलनात्मक रुपमा महँगा भएकाले ऊनको माग घटेको उनको बुझाइ छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
बिहीबार, फागुन ८, २०८१
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ ।
भूमिसम्बन्धी समस्या तीन वर्षभित्र समाधान गर्ने आयोगको प्रतिबद्धता
बिहीबार, फागुन ८, २०८१
भूमि समस्या समाधान आयोगका पदाधिकारीले तीन वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा आयोगले बुधबार आयोजना गरेको सरोकार भएकाहरुसँगको मधेस प्रदेशस्तरीय अन्तर्क्रियामा आयोग पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
बिहीबार, फागुन ८, २०८१
शिविर हिन्दू बौद्ध फाउन्डेसन अफ क्यानडा, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया, गैरआवासीय नेपाली संघ क्यानडा र त्यस प्रान्तमा रहेका नेपाली र अन्य सामुदायिक संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त दूतावासले आज जनाएको छ ।
साताको लोकप्रिय

