
पाल्पा - पाल्पाको रैनदेवी छहरा १ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेनमा रहेको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।
सिद्धेश्वरको असारे जङ्गलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जीप दुर्घटनामा परेको हो । सर्वोत्तम सिमेन्टको खानी नजिकै लु १ ज २३७७ नम्बरको जीप १५० मिटर तल खसेको हो । उकालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनास्थलको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।