Harsamaya
बसको ठक्करबाट ८२ वर्षीय भीमबहादुर खत्रीको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सुनसरी - सुनसरीको इटहरी उपमहानगरपालिका–२ होम्सस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु भएको छ।

शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले इटहरी उपमहानगरपालिका–२० तरहरा शान्ति टोलका भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते भएका खत्रीलाई प्रहरी चौकी तरहराको टोलीले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर पुर्‍याएको थियो।

अस्पतालमा उपचारका लागि पुर्‍याइएका खत्रीलाई चिकित्सकले शनिबार बिहान ६ः२३ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न बस र त्यसका चालक धनकुटा नगरपालिका–२ का ५४ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update