Harsamaya
युरोपेली युनियनका राजदूत र ललितपुर महानगर प्रमुखबिच भेटवार्ता 
ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जन र युरोपेली युनियनका राजदूत  भेरोनिक लोरेन्जोबीच भेटवार्ता ।

ललितपुर : ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जन र युरोपेली युनियनका राजदूत  भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा नगर प्रमुख चिरी बाबु महर्जनले महानगरमा भएका कामको बारेमा चर्चा गरेका थिए । महानगरले सम्पदा संरक्षण, वातावरण संरक्षण , हरियाली प्रवर्द्धनकाे क्षेत्रमा प्रशस्तै काम गरेको बताए । महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेर महानगरले काम गरेको जानकारी दिए । भेटवार्ताको क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो । 

भेटवार्ताको क्रममा युरोप डे २०२५ को बारेमा पनि छलफल भएको  थियो । प्रत्येक वर्ष मे ८ मा मनाइने युरोप डे मा  यो वर्ष पाटन सङ्ग्रहालयमा कार्यक्रम आयोजना गरिएको सन्दर्भमा समेत छलफल भएको थियो । 

युरोपेली युनियनका राजदूत भरोनिक लोरेन्जोले महानगर प्रमुख चिरी बाबु महर्जनले सहरको  विकासमा देखाउनु भएको दूरदर्शिता, प्रतिबद्धता प्रशंसनीय भएको बताइन् ।  समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रिय रहेका  नगरप्रमुखसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको बताइन् । 

महानगरमा पाएको न्यानो आतिथ्यप्रति उनले आभार प्रकट गर्दै  ललितपुर नागरिकको हित र सहरको विकासलागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल र इयूको सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने धारणा राखिन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update