Harsamaya
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठुलो (भारतीय) ६५ रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ४० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो ३८ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३९ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण...
रहेनन् ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतम
रहेनन् ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतम कलाकार गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एउटा प्रतिभाशाली कलाकार गुमाएको छ । कम उमेरमै  यो संसारबाट बिदा भएका उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रमहरूमार्फत आफ्ना कलाकारितालाई जारी राखेका थिए ।
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा महाशाखाका अनुसार आज दिउँसो  देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल तपाईँको कामको उचित मूल्याङ्कन हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। परिवारको समर्थनले तपाईँलाई ठुलो काममा सफलता दिलाउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक भेटघाटमा मान रमाउने छ ।
सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन [भिडियो]
सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन [भिडियो] गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्न माग गरेका थिए ।
यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, बन्द फिर्ता लिन आग्रह
यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, बन्द फिर्ता लिन आग्रह त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरसहित आठ जना कार्यदलमा रहेका छन् भने गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य कार्यदलको सदस्य सचिव रहेका छन् । 
यातायात व्यवसायीको आन्दोलनले कोशीमा जनजीवन प्रभावित 
यातायात व्यवसायीको आन्दोलनले कोशीमा जनजीवन प्रभावित  कोशी प्रदेश नेपाल यातायात व्यवसायी संयोजक सरोज श्रेष्ठले ‘राइड सेयरिङ’ नियमावलीप्रति पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर बन्द सुरु गरिएको बताए ।
आज साझा यातायात र प्रहरीले यात्रु ओसार्ने 
आज साझा यातायात र प्रहरीले यात्रु ओसार्ने  सोमबार सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सबै सार्वजनिक सवारी साधन बन्द गरेको अवस्थामा पनि साझा यातायातले एयरपोर्ट, बानेश्वर, रत्नपार्क, नागढुंगा, लगनखेल, नयाँ बसपार्क र लगनखेल नारायण थानको रुटमा नियमित रूपमा सेवा प्रदान गरिरहेको छ । 
यातायात बन्द : यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’
यातायात बन्द : यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’ राजधानीका सडकहरूमा सार्वजनिक बस नचल्दा बिहानैदेखि स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरू प्रभावित भएका छन् । वैकल्पिक सवारी साधन कम हुँदा हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ ।
गजेन्द्र थपलिया नेपाल बुद्धिजीवी परिषद्‍को अध्यक्षमा निर्वाचित
गजेन्द्र थपलिया नेपाल बुद्धिजीवी परिषद्‍को अध्यक्षमा निर्वाचित महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा. दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा. लाक्पा शेर्पा, प्रचार सचिव डा. टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन भएका पदाधिकारी हुन्।
प्रहरीले भन्यो - राइड सेयरिङ एपमार्फत ठगिनु त भएको छैन ? १०३ मा कल गर्नूस्
प्रहरीले भन्यो - राइड सेयरिङ एपमार्फत ठगिनु त भएको छैन ? १०३ मा कल गर्नूस् आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले उजुरी दिन आग्रह गरेको छ ।
सार्वजनिक यातायात बन्द हुँदा यात्रु मारमा
सार्वजनिक यातायात बन्द हुँदा यात्रु मारमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गर्ने निर्णय गरेको हो । बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ । कोटेश्वर-जडिबुटी क्षेत्रमा यातायात व्यवसायी जम्मा भएर सडक रोकेपछि प्रहरी परिचालन भएको छ । 
Weather Update