Harsamaya
यातायात व्यवसायीको आन्दोलनले कोशीमा जनजीवन प्रभावित 
सोमबार बिहानदेखि नै कोशी प्रदेशमा सार्वजनिक सवारीसाधन ठप्प ।

इटहरी - निजी प्रयोजनका सवारीसाधनलाई भाडाका गाडी सरह प्रयोग गर्न दिने गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’सम्बन्धी नियमावली खारेजीको मागसहित सोमबार बिहानदेखि नै कोशी प्रदेशमा पनि सार्वजनिक सवारीसाधन ठप्प छन् ।

संयुक्त आन्दोलनको समर्थनमा धरान र इटहरी क्षेत्रमा बिहानैदेखि साना तथा ठूला कालो प्लेटका यात्रु वाहक गाडी सञ्चालनमा आएका छैनन् । केही ट्याम्पो र दुई पांग्रे सवारीहरू मात्रै सञ्चालनमा छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जानकारी दिए अनुसार कोशी प्रदेशका १४ ओटै जिल्लाहरूमा लामा तथा छोटा दूरीका सवारीका सार्वजनिक बस नचल्दा यात्रुहरू समेत समस्यामा परेका छन् । 

कोशी प्रदेश नेपाल यातायात व्यवसायी संयोजक सरोज श्रेष्ठले ‘राइड सेयरिङ’ नियमावलीप्रति पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर बन्द सुरु गरिएको बताए ।


 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update