Harsamaya

काठमाडौं - सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन भएको छ । 

सोमबार गृह मन्त्रालयमा बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबिचको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला जानकारी दिए ।

गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्न माग गरेका थिए ।


 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update