देशभर मनसुनी वायुको प्रभाव , यी प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, असार १०, २०८२
कोशी प्रदेश र बागमती प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आजको तपाईंको राशिफल: सफलता, अवसर, विश्वास र कर्मको फल
मंगलबार, असार १०, २०८२
श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। तपाईँको हँसिलो मनले तपाईँको इच्छित बल दिन्छ र तपाईंलाई विश्वस्त राख्नेछ।
राज्यको मौनता विरुद्ध भोक अनसन : ‘यो गणतन्त्र होइन, लुटतन्त्र रहेछ’ [भिडियो]
सोमबार, असार ९, २०८२
उनीहरूले विगत २३ वर्षदेखि पीडित हुँदै आएकाले अब सहन नसकिने अवस्था आएको बताउँदै भोक हड्ताल गरेको बताए । पीडितहरूको भनाइमा आरक्ष विस्तारका क्रममा उनीहरूको घरगोठ जलाइएको, जग्गा खोसिएको र उचित व्यवस्थापन नगरिएको गुनासो छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र असार १५ देखि ३ महिनासम्म जिप सफारी बन्द हुने
सोमबार, असार ९, २०८२
बर्खाको सिजन छोटो भए असोजको पहिलो साता नै र वर्षातको समय लम्बिए अवस्था हेरेर मात्रै जिप सफारी पुनः खुला गरिन्छ । बर्खाले बिगारेको सडक मर्मत, ढलेका रुखहरू पन्छाउने र विभिन्न पुलहरूको मर्मत पछि मात्रै जिप सफारी खुला गरिन्छ ।
दुई युवाले चिरे ईभी गाडीहरू छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
उनीहरूले काठमाडौंदेखि कन्याकुमारी ड्राइभ गरेर ६७०० किलो मिटरको यात्राको नयाँ रेकर्ड बनाएको जानकारी गराएका हुन् । सोही क्रममा ओझाले ईभी गाडीहरू छोटो दूरीको लागि मात्र हो भन्ने मान्यतालाई गलत साबित गरेको बताएका छन् ।
३८८ जनालाई जग्गा बाँड्दै लम्कीचुहा नगरपालिका
सोमबार, असार ९, २०८२
लम्कीचुहा नगरपालिकाकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने भएको छ । सात दिने सूचना निकाल्दै नगरपालिकाले ३८८ जनालाई जग्गा उपलब्ध गराउने जनाएको हो ।
विनियोजन विधेयकको पक्षमा मतदान गर्न नेकपा एमालेको ह्विप
सोमबार, असार ९, २०८२
सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले संसदमा पेस गर्ने आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरुलाई ह्विप लगाएको हो ।
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, आठ घाइते
सोमबार, असार ९, २०८२
घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव छ’
सोमबार, असार ९, २०८२
यसै गरी मन्त्री यादवले ९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव रहेको जानकारी दिए । उनले भने, ‘अहिलेसम्म ९८ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी तथा २८ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुगेको छ । ९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव छ । बजेट नबढाए लक्ष्यमा पुग्न...
इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ५ जना जेलमा, ११ जना भारतले गर्यो उद्धार
सोमबार, असार ९, २०८२
११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ । ५ जना भने गैर कानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ राणाले भनिन् । उनले मंगलबार भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी समेत संसदलाई दिइन् ।
अनुगमन तथा मूल्याङ्कन समितिलाई तोकिएकै मितिभित्र सुझाव दिन आग्रह
सोमबार, असार ९, २०८२
यस्तै, उनले तोकेको मितिमा सुझाव नदिने तर पछिको बैठकमा प्रतिवेदन यस्तो भएको भए हुन्थ्यो भन्ने खालको प्रस्तुति नआउनेतर्फ लाग्न पनि सबैलाई आग्रह गरेका छन् ।
टेक एन्ड पे व्यवस्था संशोधन सुन्छ : मन्त्री खड्का
सोमबार, असार ९, २०८२
उनले भने,‘ टेक एन्ड पेको विषय चर्चामा छ । नेपाल विद्युत् प्राधिकरणको राय सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना र विद्युत् खपत, निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता टेक अर पे नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको छ ।...
काँग्रेस केन्द्रीय समिति बैठकको मिति परिवर्तन
सोमबार, असार ९, २०८२
‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असार १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी पी स्मृति भवन, बी पी। नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवश उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं...
साताको लोकप्रिय

