Harsamaya
बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह
बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह सूचना तथा प्रसारण विभागले लाइसेन्स/अनुमति नलिई वाकीटकीलगायतका रेडियो उपकरण आयात, बिक्री, वितरण तथा प्रयोगलाई तत्काल बन्द गर्न सूचना जारी गरेको छ ।
पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ
पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ गुरुङ मृत फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा वल्र्डवाइड कन्स्ट्रक्सन कम्पनीको रोलरले उक्त दुर्घटना गराएको खुलेको थियो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
वन्यजन्तुलाई पानीका लागि बोरिङ
वन्यजन्तुलाई पानीका लागि बोरिङ चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ ।
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते कूल दुई सय ४७ वटा पशुचौपाय क्षति भएको छ । ती आगलागीबाट रु १८ करोड ४८ लाख भन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ
महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने तयारी
महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने तयारी अझै केही काम सक्न समय लाग्ने देखिएकाले महाशिवरात्रिअघि नै काम सक्न पनि मन्त्री पाण्डेले कोषका कर्मचारीलाई निर्देशन दिए । कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरुलगायतले उहाँलाई महाशिवरात्रिका अवसरमा भइरहेको तयारीका बारेमा जानकारी गराएका थिए । 
सशस्त्रका तीन जना एसएसपी डिआइजी बढुवामा, भानु देउवाका ज्वाइँ पर्दा पाठक छुटे
सशस्त्रका तीन जना एसएसपी डिआइजी बढुवामा, भानु देउवाका ज्वाइँ पर्दा पाठक छुटे यो बढुवा सिफारिसमा नअटाएका कृष्णराज पाठक हुन्। उनी सबैभन्दा वरिष्ठ एसएसपी थिए। अघिल्लो पटकको बढुवामा समेत उनी छुटेका थिए।
प्रतितोला एक हजारले घट्यो सुनको भाउ
प्रतितोला एक हजारले घट्यो सुनको भाउ चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।
बालेन शाहले गरे अमेरिकाको कडा टिप्पणी 
बालेन शाहले गरे अमेरिकाको कडा टिप्पणी  नेपाल अमेरिकाभन्दा राम्रो रहेको महसुस गराइदिएको भन्दै बालेनले अमेरिकन नागरिकलाई अल्छी भनेका छन् । त्यसैले उनीहरूको देश बनाउन अरू देशको जनशक्ति आवश्यक रहेको बालेनले टिप्पणी गरेका छन् । 
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो ।  यद्यपि संयुक्त राष्ट्रसंघको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो ।
महाशिवरात्रिमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था यस्तो हुने
महाशिवरात्रिमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था यस्तो हुने उनका अनुसार सशस्त्र प्रहरी बलको मूल शिविर भुवनेश्वरी (नासल चोक) मा खडा गरिनेछ । गोरखनाथ, कैलाश, वनकालीलगायत अन्य आवश्यक क्षेत्रमा सबकमाण्ड पोष्ट खडा गरी संयुक्त सुरक्षा व्यवस्था मिलाइने भएको छ । महाशिवरात्रि पर्वको दुई दिनअघि अर्थात् फागुन १२ गते बिहान ६ बजेदेखि फागुन १५ गते दिउँसो ३ बजेसम्मका लागि प्रभावकारी...
सुदूरपश्चिम, कर्णाली, गण्डकी  र कोशी प्रदेशमा वर्षाको सम्भावना
सुदूरपश्चिम, कर्णाली, गण्डकी  र कोशी प्रदेशमा वर्षाको सम्भावना आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।  कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान  तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन,...
तपाईंको आजको दिन कस्तो छ ?
तपाईंको आजको दिन कस्तो छ ? कुम्भ अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
Weather Update