Harsamaya
आजको राशिफल: मेषलाई आर्थिक लाभ, वृषको रोकिएको काम पुरा हुने
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - आज २०८२ मंसिर १२ गते बिहिबार। आजको दिन १२ राशीका जातकहरूमाझ अलग-अलग अनुभव र अवसर लिएर आएको छ।

मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ।  बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मिहिनेतले अवसर दिलाउनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला।समस्याका बीच टाढाको यात्रा हुनेछ।

वृष : पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन ।दिन उपलब्धिमूलक रहनेछ। सहयोगी र शुभचिन्तकहरूले साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। रोकिएका काम पूर्ववत् बन्न थाल्नेछन्।

मिथुन : आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।  आँटेको काम भने सम्पादन हुनेछ। एक्लो प्रयासले बन्न नसकेको काम समूहमा गर्दा सम्पादन हुनेछ। व्यापार र साझेदारीमा फाइदा हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्।

कर्कट : घरेलु काममा रुची बढ्नेछ। धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केहि समस्या देखिन सक्छ। नयाँ कामको प्रस्ताव आउनेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने छन् । सहयोगीहरूले प्रतिस्पर्धीलाई साथ दिने हुँदा सोचेको उपलब्धि नहुन सक्छ। रोग, शत्रु र प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला।

सिंह : मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। ब्यापार ब्यबसायमा गरेको लाभ मिल्न सक्छ। सोचेको आँटेको काममा सफलता मिल्नेछ । काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

कन्या : दाम्पत्य जीबनमा खुसियाली छाउनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन। ब्यापार व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेकोछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको जश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

तुला : शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । साथीभाईसंग रमाइलो भेटघाट हुनेछ। ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। अरुले तपाइको मेहनत र इमान्दारिताको खुलेर प्रसंसा गर्नेछन। खर्च लागे पनि लगानी बढाउने अवसर जुट्नेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। प्रतिस्पर्धी समेत सहयोगीका रूपमा उपस्थित हुनेछन्।

वृश्चिक : काममा राम्रो फाइदाको योग रहेको छ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । परोपकारी काममा रुची बढ्नेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। बिश्वास गरेकाले धोका दिन सक्छन।  आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो प्रगति हुनेछ।सहयोगीहरूको साथ पनि जुट्नेछ। मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ।

धनु : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसँगको रमाइलो भेटघाटमा मन खुसि हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। 

मकर : शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन। प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ । मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कुम्भ : साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ।

मीन : अरूको विषयमा चासो राख्दा वादविवाद हुन सक्छ। अर्थिक अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोली–व्यवहारमा सजग रहनुहोला।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update