Harsamaya
आज देशभरको मौसम सफा रहने
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update