रामेछापको मन्थली बन्यो जिल्लाको पहिलो बालमैत्री स्थानीय तह
बुधबार, भदौ ११, २०८२
र्यालीले ‘बालमैत्री नगर घोषणा’ लेखिएको ब्यानरसहित नगरको मुख्य सडक परिक्रमा गरेपछि तीनलाल पार्कमा आयोजित औपचारिक कार्यक्रममा सो घोषणा गरिएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको नवनिर्वाचित सभापति न्यौपानेले लिइन् शपथ
बुधबार, भदौ ११, २०८२
राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले शपथ ग्रहण गरेकी छन् । बुधबार सभामुख देवराज घिमिरेद्वारा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
सहसचिवमा खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति
बुधबार, भदौ ११, २०८२
प्रतिनिधिसभाले निजामती विधेयकमा उपसचिवसम्म मात्र खुला प्रतिस्पर्धाको व्यवस्था गरेको थियो । तर, सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि भएको दफावार भएको छलफलमा सहसचिव खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति जुटेको समितिकी सभापति तुलसा कुमारी दाहालले बताइन् ।
आफूलाई मूलधार ठान्नेहरू आज पनि जनयुद्धलाई आतङ्ककारी भनेर पढाउन रमाउँछन् : प्रचण्ड
बुधबार, भदौ ११, २०८२
उनले भने, ‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो । तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो । यसमा मौलिक सौन्दर्य चेतना छ ।’
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
बुधबार, भदौ ११, २०८२
सचिव दाहालले प्रस्तुत गरेका प्रतिवेदको खाका माथि आफ्नो धारणा राख्दै नेकपा एमालेकी सांसद सुमित्रा बिसीले परिच्छेद ४ मा रहेको समितिको कार्यविधि अन्तर्गत ४. ३ मा रहेको सरकारी आश्वासन कार्यान्वयन अवस्था, स्थलगत अवलोकन तथा अनुगमनमा त्यसको उपलब्धि पनि थप्नुपर्ने सुझाव दिइन् ।
कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेट
बुधबार, भदौ ११, २०८२
मुख्यमन्त्री कार्कीले इजरायलमा भएको आधुनिक कृषि प्रविधि र नवप्रवर्तनका अनुभवलाई नेपालमा उपयोगी बनाउन सकिने उल्लेख गर्दै कोशी प्रदेश पनि सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
अखाद्य वस्तु भेटिएपछि ‘मुस्ताङ गोल्ड’ मदिरा उत्पादकमाथि कारबाही, २ लाख जरिवाना
बुधबार, भदौ ११, २०८२
भदौ ४ मा उपभोक्ता स्वयम आफै आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएको गुनासो गरेका थिए । विभागले उक्त मदिराको नमुना सङ्कलन गरी भौतिक जाँच गरेको थियो । जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको छ ।
रुबि हत्या : पासवानले गरे हत्याको स्वीकार
बुधबार, भदौ ११, २०८२
आफू गरिब भएकाले पारिवारिक तनावका कारण रुबीको हत्या गरेको उनले बनाइएको भिडियोमा स्वीकार गरेको पाइन्छ । रुबीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।
उखु किसानहरूको आन्दोलन आज पनि जारी, अनुदान खर्च कटौती गुर्न खेदपूर्ण
बुधबार, भदौ ११, २०८२
उनले देशको आर्थिक अवस्थालाई मजबुत बनाउनको लागि किसानहरुले भूमिका खेली रहेको बेला, सरकारलाई अर्बौँ रुपैयाँ दिएको अवस्थामा किसानहरूलाई थप सुविधा दिनुपर्ने ठाउँमा उत्पादन मूल्यमा नै कटौती गरेको भन्दै यसमा किसानहरू असन्तुष्ट रहेको बताए ।
आज गणेश चतुर्थी : कमलादीस्थित गणेश मन्दिरमा भक्तजनहरूको भिड
बुधबार, भदौ ११, २०८२
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ । भाद्र शुक्ल तृतीया (तीज)का दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्नबाधा नआओस् भनी कामना गर्दै गणेश पूजा गर्ने चलन छ ।
वीरगञ्जमा हालसम्म १ सय १४ जनामा हैजाको सङ्क्रमण पुष्टि
बुधबार, भदौ ११, २०८२
सङ्क्रमण फैलिन थालेपछि वीरगञ्ज महानगरले मातहतका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । महानगरपालिकाले सरसफाइ अभियान र सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ ।
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
बुधबार, भदौ ११, २०८२
दोलखाको भीमेश्वर नगरपालिकामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ।
साताको लोकप्रिय

