काठमाडौं - आज २०८२ साल पुस १३ गते आइतबार । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ ।
मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ। आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।
वृष : दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
मिथुन : आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।
कर्कट : घरेलु काममा रुचि बढ्नेछ। धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केही समस्या देखिन सक्छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्म कर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ।
सिंह : मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा गरेको लाभ मिल्न सक्छ। सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
कन्या : दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेको छ। फुर्सद तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साह वर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्।
तुला : साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। अरूले तपाइको मेहनत र इमानदारिताको खुलेर प्रशंसा गर्नेछन्। चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
वृश्चिक : काममा केही अलमल हुन सक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। पढाई लेखाइमा समय दिन नसकिए पनि गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। परोपकारी काममा रुचि बढ्नेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। विश्वास गरेकाले धोका दिन सक्छन्। सामाजिक उत्तरदायित्व बढ्नेछ।
धनु : हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाई लेखाइमा प्रगति हुनेछ।
मकर : शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन्। विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ। अग्रज तथा सहयोगी जुट्नाले आँटेको काम बन्नेछ। मिहिनेतले सोचेको लाभ उठाउन सकिनेछ। पुरुषार्थ काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।
कुम्भ : स्वास्थ्यमा केही समस्या आउने देखिन्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। लामो समयपछि साथीभाइसँग भेटघाट हुँदा मन खुसी रहनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्।
मीन : टाढाको यात्राको सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। मेहनत गर्दा गरेको कामहरू सफल हुनेछन्। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। दिगो काम अथवा व्यवसायको योजना बनाउने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ।

