Harsamaya
टेम्पो पार्कमा रहस्यमय ठक्कर : सडकमै सुतिरहेका व्यक्तिको उपचारका क्रममा मृत्यु
सांकेतिक तस्वीर:हर समय/Har Samaya

सुर्खेत - वीरेन्द्रनगर नगरपालिका–१ स्थित टेम्पो पार्क क्षेत्रमा शनिबार बिहान भएको सवारी ठक्करमा घाइते भएका दैलेख डुङ्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि भर्ना गरिएको भए पनि बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए।

घटनापछि ठक्कर दिने सवारी साधन फरार रहेकाले त्यसको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण र सवारी पहिचानका लागि सीसीटीभी फुटेज तथा प्रत्यक्षदर्शीको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update