काठमाडौं - पाख्रीन तामाङ समाजका सल्लाहकार, संविधानसभा सदस्य एवम् पूर्वमन्त्री दिलमान पाख्रीनले पाख्रीन वंश केवल एक थर मात्र नभई तामाङ समुदायको सभ्यता, संस्कार र इतिहास बोकेको गौरवपूर्ण पहिचान भएको बताएका छन् ।
प्रमुख अतिथि एवम् पाख्रीन तामाङ समाजका संरक्षक समेत रहेका तामाङले हाम्रा कुलदेवता, भाब्सा, ठुङ्सा र वंशावलीको वैज्ञानिक र ऐतिहासिक खोज अनुसन्धान आजको आवश्यकता रहेको धारणा राख्दै आफ्नै इतिहास नचिन्ने समुदायले भविष्यको बाटो पहिल्याउन नसक्ने जिकिर गरे । उनले विश्वभर छरिएर रहेका पाख्रीन वंशजहरूलाई एकताको सूत्रमा बाँध्दै शिक्षा, संस्कृति र सामाजिक नेतृत्वमा अगाडि बढ्न आग्रह गरे ।
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको स्थलमा सम्पन्न अधिवेशनमा पूर्वसचिव धनबहादुर पाख्रीनले समाजलाई भावनात्मक मात्र नभई संस्थागत रूपमा सबल बनाउनु पर्ने बताउँदै नीति, योजना र दीर्घकालीन सोचसहित अघि बढेमा समाजले राष्ट्रिय तहमा प्रभावशाली भूमिका खेल्न सक्ने धारणा राखे ।
पाँचपोखरी गाउँपालिका अध्यक्ष टासी लामाले पाख्रीन समाजले वंशको पहिचान, इतिहास, संस्कृति र सम्पदाको संरक्षणका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए ।
ककनी गाउँपालिका अध्यक्ष सुमन पाख्रीन तामाङ्ले आफ्नो मौलिक संस्कृति, धार्मिक परम्परा र ऐतिहासिक दस्तावेजहरूलाई व्यवस्थित रूपमा संरक्षण र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिंदै त्यसमा आफ्नो पुर्न सहयोग रहने प्रतिवद्वता व्यक्त गरे ।
त्यस्तै, इतिहासकार एवम् लेखक रबिन्द्र तामाङले पाख्रीन वंशको उत्पत्ति, बसाइँसराइ र सामाजिक संरचनामाथि थप अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै इतिहास लेखिनु मात्र होइन, प्रमाणसहित डिजिलाईजेशनसहित पुस्तान्तरण गर्नु अत्यन्त महत्वपूर्ण रहेको धारणा राखे ।
पाख्रीन तामाङ समाजका अध्यक्ष शुक्र पाख्रीनको अध्यक्षता सम्पन्न ऐतिहासिक तेस्रो अधिवेशनले छिरिङ दोर्जे पाख्रीनको नेतृत्वमा तपशील बमोजिमको नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष: छिरिङ दोर्जे पाख्रिन (मकवानपुर )
उपाध्यक्ष : ज्ञान बा. पाख्रिन (चितवन)
उपाध्यक्ष : बशन्ती पाख्रिन (दोलखा)
उपाध्यक्ष : कोसी प्रदेश पछि मनोनीत गरिने
महासचिव : हिमाल पाख्रिन (सिन्धुपाल्चोक )
सचिव : दिपा पाख्रिन (रामेछाप )
सचिव : प्रतिक पाख्रिन ( काभ्रे )
सचिव: पल्लब पाख्रिन (रामेछाप )
कोषाध्यक्ष : तेन्जिङ पाल्दोन पाख्रिन( तनहु)
केन्द्रीय सदस्यहरू
प्रताब पाख्रिन (पर्सा )
केवल पाख्रिन -ईलाम
बुद्व पाख्रिन -काभ्रे
सन्च वीर पाख्रिन -सिन्धुपाल्चोक
हित ब पाख्रिन -सिन्धुपाल्चोक
जंग ब पाख्रिन -सिन्धुपाल्चोक
जीवन पाख्रिन -काभ्रे
जित ब तामाङ -दोलखा
मकल पाख्रिन -दोलखा
दिल ब तामाङ -मोरङ
सुब्बा लाल तामाङ -चितवन
चोचल राज पाख्रिन -सिन्धुली
किसोर पाख्रिन काठमाडौं
रत्न तामाङ -नुवाकोट
चक्र पाख्रिन -नुवाकोट
हस्त पाख्रिन -सुनसरी
सोनम पाख्रिन -सिन्धुपाल्चोक
सोम्फे पाख्रिन -काठमाडौ
सुवास पाख्रिन -झापा
पवन पाख्रिन -रामेछाप
हर्क पाख्रिन -सुनसरी
कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रीन, गोले समाज अध्यक्ष र घिसिङ समाजका महासचिव र समाजका अग्रज ब्यक्तित्वहरु लगायत विशिष्ट व्यक्तित्वहरूको विशेष सहभागिता रहेको थियो।
अधिवेशनले पाख्रीन समाजलाई एकीकृत गर्दै पहिचान, अनुसन्धान र नेतृत्व विकासमार्फत समाजलाई अग्रणी स्थानमा पुर्याउने संकल्पका साथ सम्पन्न भएको छ।

