पशुपति दर्शनमा पुगेकाहरुले भने : ‘व्यवस्थापन राम्रो छ, विकास कोषलाई धन्यवाद’ (भिडियोसहित)
मंगलबार, भदौ १०, २०८२
हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा आज(मंगलबार)बिहानैदेखि पशुपति मन्दिरमा दर्शन गर्नेहरुको भीड लागेको छ ।
तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा
मंगलबार, भदौ १०, २०८२
प्रथम महिला सबिता पौडेलले हरितालिका तिजको अवसरमा पशुपतिनाथको दर्शन एवम् पूजा अर्चना गरेकी छन् ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको तीज : साँस्कृतिक अधिकारमा सबैको समान अधिकार (भिडियोसहित)
मंगलबार, भदौ १०, २०८२
आज लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले पनि तीज मनाएका छन् ।
मिथिलाञ्चल क्षेत्रमा चौठचन्द्र (चौरचन) पर्व मनाइयो
मंगलबार, भदौ १०, २०८२
मधेश प्रदेशसहित मिथिलाञ्चल क्षेत्रका महिलाहरुले परम्परागत श्रद्धा र विश्वासका साथ चौठचन्द्र (चौरचन) पर्व मनाएका छन् ।
कवाड व्यवसायीले गरे बालेनका विरुद्ध प्रदर्शन (भिडियोसहित)
मंगलबार, भदौ १०, २०८२
कवाड व्यवसायी संघर्ष समितिले बालेनका विरुद्ध प्रदर्शन गरेका छन् ।
पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट
मंगलबार, भदौ १०, २०८२
पशुपतिनाथ मन्दिरमा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ ।
बाजुराको बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु
मंगलबार, भदौ १०, २०८२
बाजुरामा नदीमा बगेर एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन् ।
तीज पर्वले चेलीबेटी र माइतीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ : सभापति देउवा
मंगलबार, भदौ १०, २०८२
उनले लेखेका छन्,‘हाम्रो देश धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण एक समृद्ध भूमि हो । यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ । ती मध्ये हरितालिका तीज नेपाली महिलाहरूले विशेष रूपमा मनाउने महत्त्वपूर्ण पर्व हो ।
तीज मनाउने क्रममा देखिएका भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय : पूर्वराष्ट्रपति भण्डारी
मंगलबार, भदौ १०, २०८२
तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणको लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने उनको भनाई छ ।
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक : घिमिरे
मंगलबार, भदौ १०, २०८२
नेपाल भौगोलिक विविधता, धार्मिक र सांस्कृतिक समृद्धि, बहु जातीय र बहु भाषिक संरचना, सहिष्णुता र सहअस्तित्वको परम्परा र सामाजिक सद्भावसहित अनेकतामा एकता भएको मुलुक रहेको बताउँदै उनले संविधानले धार्मिक स्वतन्त्रता, सांस्कृक्तिक हक र लैङ्गिक समानताको सुनिश्चितता गरेको बताए ।
तीज पर्वलाई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकको रूपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की
मंगलबार, भदौ १०, २०८२
तीज पर्वले हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकतालाई बलियो बनाउने चर्चा गर्दै यो अवसरमा आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता मजबुत पार्न सङ्कल्प गर्नुपर्ने बताउँदै उनले स्वास्थ्य, शान्ति र सौहार्द कायम राख्दै समानता र महिलाको सशक्तीकरणतर्फ अघि बढ्न यो पर्वले प्रेरणा दिने समेत बताए ।
तीजको धार्मिक र सांस्कृतिक मूल्यलाई आत्मसात् गर्दै मर्यादित ढङ्गले मनाउनुपर्छ : उपराष्ट्रपति यादव
मंगलबार, भदौ १०, २०८२
सामाजिक एकता र मेलमिलापको सन्देश बोकेको तीज पर्वले विभिन्न समुदायबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गर्ने र टाढा पुगेका छोरी चेलीहरुलाई माइतीले बोलाउने मौलिक परम्पराले सामाजिक/पारिवारिक आत्मीयता र सद्भाव कायम राख्न सघाउने उनको भनाइ छ ।
तीज व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली
मंगलबार, भदौ १०, २०८२
उनले भने,‘तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ। तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ। प्राचीन कालमा पतिपत्नी दुवैले सप्त ऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिला मात्रै व्रत बस्ने परम्परा विकसित भयो। अहिलेको समाजमा अझै नयाँ मतहरू...
साताको लोकप्रिय

