तीज व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली
मंगलबार, भदौ १०, २०८२
उनले भने,‘तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ। तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ। प्राचीन कालमा पतिपत्नी दुवैले सप्त ऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिला मात्रै व्रत बस्ने परम्परा विकसित भयो। अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन्।’
तीज पर्व भावनात्मक एकताको प्रतीक हो,यसको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक छ : राष्ट्रपति पौडेल
मंगलबार, भदौ १०, २०८२
हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै उनले आदर्शमय तथा एकात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अति आवश्यक रहेको बताए ।
आजको मौसम : कोशी , बागमती र सुदूरपश्चिम प्रदेशमा वर्षा
मंगलबार, भदौ १०, २०८२
कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरू र तराईको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै
मंगलबार, भदौ १०, २०८२
आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
मंगलबार, भदौ १०, २०८२
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।
भेगनहरुको दर कार्यक्रम : सबैलाई शुद्ध शाकाहारी बन्न आह्वान (भिडियोसहित)
सोमबार, भदौ ९, २०८२
शुद्ध र निराहार व्रत बस्नुपर्नेमा अघिल्लो दिनमा मासु खाएर भोलिपल्ट व्रत बस्नाले फलिफाप नहुने उनको बुझाइ छ । उनले भनिन्,‘तीजको व्रत एकदमै शुद्ध हुनुपर्ने हो जस्तो लाग्छ । निराहार व्रत त अहिले पनि बस्छन् । तर अघिल्लो दिन मासु खाएर बस्छन् । त्यो त आफ्नो चेतनाले पनि सोच्नुपर्ने कुरा हो...
‘धोबी खोला क्षेत्रमा तीन हजार रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ’ (भिडियोसहित)
सोमबार, भदौ ९, २०८२
काठमाडौं प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त शुभाष बस्नेतले काठमाडौंमा कम्तिमा पनि एक लाख रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने
सोमबार, भदौ ९, २०८२
राष्ट्रपति पौडेलको परिकल्पना र पहलमा चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलका रूपमा रूपमा विकास गर्ने लक्ष्यसहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण हुँदै छ । सो उद्यानमा सातै प्रदेशका प्रसिद्ध धाम झल्कने संरचना र विभिन्न भाषा भाषीका मूर्धन्य साहित्यकारहरूको शालिक राख्ने योजना छ ।
भियतनामकी उपराष्ट्रपतिले गरिन पाटन दरबारको भ्रमण
सोमबार, भदौ ९, २०८२
उनलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले भ्रमण गराएका थिए । उनी आजै स्वदेश फर्किने छिन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विदाई गर्नेछन् ।
वीरगञ्जमा हैजाको त्रास, ९३ जनामा संक्रमण पुष्टि
सोमबार, भदौ ९, २०८२
सबैभन्दा बढी सङ्क्रमित भेटिएको नारायणी अस्पताल र तराई अस्पताल दुवैको तथ्याङ्क डर लाग्दो छ । यहाँ मात्र ३२–३२ बिरामीमा हैजा देखिएको छ । यस्तै नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जनामा संक्रमण भेटिएको छ ।
जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूद्वारा प्रदर्शन
सोमबार, भदौ ९, २०८२
संघीय शिक्षा ऐनको निजी विद्यालय सम्बन्धी केही प्रावधान तत्काल सच्याउन माग गर्दै निजी विद्यालयहरूको सङ्गठन प्याव्सन, नेपाल प्याब्सन, हिसान र अपेनको प्रदेश समितिले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।
स्वदेश फर्किँदै भियतनामकी उपराष्ट्रपति सुआन
सोमबार, भदौ ९, २०८२
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । यो वर्ष नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको थियो ।
एमसीसी सम्झौता नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो : खनाल
सोमबार, भदौ ९, २०८२
१३ वटा कागजात त मैले पनि समाते तर पढ्न भने पाएको छैन । भनेपछि हरेक दस्ताबेजमा लेखिएको के छ भने अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कतै छुटेको छैन । प्रत्येक दस्ताबेजमा त्यो किन लेख्नुपर्यो, यो अत्यन्तै आत्मघाती कुरा छ र देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात वा राष्ट्रघात...
साताको लोकप्रिय

-1748783112.jpg)