काठमाडौं - देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। सबै प्रदेशका तराई भू-भागमा मध्यान्नको समयसम्म हुस्सु/कुहिरोको सम्भावना रहेको छ।
देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

