आज तिहारको पाँचौँ दिन: गाई‚ गोरु, गोवर्द्धन, हली पूजा गरिँदै
बुधबार, कात्तिक ५, २०८२
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।
मौसम प्रणालीमा परिवर्तन: देशका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना
बुधबार, कात्तिक ५, २०८२
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।
झापामा थपिए दुई हजार भन्दा बढी जेनजी मतदाता
बुधबार, कात्तिक ५, २०८२
झापा जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता अर्थात् ‘जेनजी भोटर’ थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् ।
नेवार समुदायको म्ह: पूजा आज
बुधबार, कात्तिक ५, २०८२
मानिसको आत्मा नै सबैभन्दा ठुलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।
आजबाट नेपाल संवत् ११४६ प्रारम्भ
बुधबार, कात्तिक ५, २०८२
राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ ।
बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन
मंगलबार, कात्तिक ४, २०८२
बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालनमा आएको छ । असारको पहिलो सातादेखि सडकखण्ड अबरुद्ध हुँदा ठप्प रहेको बस सेवा आजबाट सूचारू भएको हो ।
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति
मंगलबार, कात्तिक ४, २०८२
मैनबत्तीबाट आगो सल्किएको आशंका गरिएको छ, यद्यपि आधिकारिक पुष्टि भने भएको छैन ।
दोलखामा जिप दुर्घटना : चार घाइते एकको अवस्था गम्भीर
मंगलबार, कात्तिक ४, २०८२
प्रहरीका अनुसार गोमा भुजेलको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
महाकालीको भुजेलाघाटमा विपिन जोशीको अन्त्येष्टि
मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ ।
विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै
मंगलबार, कात्तिक ४, २०८२
राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)सागर बोहराले जानकारी दिए ।
स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु
मंगलबार, कात्तिक ४, २०८२
भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६-००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर-२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी...
साताको लोकप्रिय

