लुम्बिनी संरक्षणका लागि सर्वोच्चको परमादेश, दुई वर्षभित्र उद्योग हटाउन आदेश
बिहीबार, भदौ १२, २०८२
सर्वोच्चको आदेशले विशेष गरी अर्घाखाँची, जगदम्बा, वृज सिमेन्ट, अम्बे स्टील, हिमाल स्न्याक्ससहित डेढ दर्जनभन्दा बढी उद्योग प्रभावित हुने देखिएको छ । सर्वोच्चले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र नजिक अन्धाधुन्ध संरचना निर्माण र प्रदूषण फैलाउने उद्योगहरू सञ्चालनमा गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल प्रदूषणकारी गतिविधि रोक्न निर्देशन दिएको हो ।
बारामा बाघको आक्रमणबाट शर्माको मृत्यु
बिहीबार, भदौ १२, २०८२
बाराको आधाभार जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
बिहीबार, भदौ १२, २०८२
धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुलेको छ ।
सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु
बिहीबार, भदौ १२, २०८२
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ ।
धादिङको थाक्रेमा पहिरो : पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
बिहीबार, भदौ १२, २०८२
काठमाडौँबाट मुग्लिङ तर्फ जाँदै गरेका सवारी साधनहरू अस्तव्यस्त भएका छन् । जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।
बाजुरामा निःशुल्क हाड जोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने
बिहीबार, भदौ १२, २०८२
शिविरमा आगोले पोलेका,खुट्टाको पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका, हात वा खुट्टा भाँचिएका, भाँचिई बाङ्गिएर जोडिएका,भाँचिएको ठाउँमा पाता वा किला राखिएका, गाठागुठी निकाल्नु परेका बिरामीहरूलाई सहज रूपमा सेवा प्रदान गरिने भएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
बिहीबार, भदौ १२, २०८२
बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
आज ऋषि पञ्चमी : सप्तऋषिको पूजा आराधना गरी मनाइँदै
बिहीबार, भदौ १२, २०८२
रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै समस्या हुने भएकाले आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस्तो समस्याबाट मुक्त भइने जनविश्वास छ ।
आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा
बिहीबार, भदौ १२, २०८२
लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
बिहीबार, भदौ १२, २०८२
आकस्मिक धन प्राप्ति हुनेछ । महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरू पराजित हुन्छन्।
आयोगको सिफारिस कार्यान्वयन उत्साहजनक छैन : पूर्व आयुक्त प्रधान
बुधबार, भदौ ११, २०८२
उनले महत्त्वपूर्ण सवालहरूमा राष्ट्रिय मानवअधिकार आयोगले कानुन तर्जुमा गर्न, नीतिहरू बनाउनको निम्ति महत्त्वपूर्ण सिफारिसहरू गरेको बताए । उनले आयोगले सिफारिस गरेको आप्रवासी कामदारहरू सम्बन्धी अन्तर्राष्ट्रिय कानुनलाई अनुमोदन नगर्दा आप्रवासी नेपाली कामदारहरूको हक अधिकार सुनिश्चित नभएको बताए ।
रुबी हत्याका आरोपी लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु
बुधबार, भदौ ११, २०८२
शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा रहेका पासवानलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पुर्याइएको थियो।उनको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बाढीको कारण खोलामा फसेका ४ जना मानिसलाई सकुशल उद्धार
बुधबार, भदौ ११, २०८२
घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी फलैँचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोलीले पानी परिरहेको र खोलामा भेल बाढी आईरहेको कारण उद्धार गर्न कठिनाइ भएकोले उनीहरूलाई राती खानको लागी चाउचाउ र लाइटरलाई ढुङ्गामा पोको पारेर फाली उपलब्ध गराएका थिए ।
साताको लोकप्रिय

-1756351218.jpg)