Harsamaya
सुकुम्बासी बस्तीका अर्का पुरुषले गरे आत्महत्या
बागमती नदी ।

काठमाडौं - बल्खुस्थित सुकुम्बासी बस्तीमा एक पुरुषले आत्महत्या गरेका छन्।

शुक्रबार बस्तीमा डोजर चलाएर हटाउने कार्य भएको केही घण्टामै ती पुरुषले बागमतीमा हाम फालेर ज्यान दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ भने शव नदीबाट निकालिएको छ। उनी बस्ती खाली गर्दै सामान सार्ने क्रममा अचानक नदीमा हाम फालेका थिए।

यसअघि थापाथली सुकुम्बासी बस्तीका १७ वर्षीय किशोरले पनि आत्महत्या गरेका थिए। लगातार भएका यस्ता घटनाले बस्ती हटाउने क्रममा मानवीय पक्षप्रति गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update