ट्याक्टर दुर्घटनामा चालकले गुमाए ज्यान
काठमाडौं - सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१२ भिमटारमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहीबार बिहान भएको सो दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। भिमटारबाट बोर्डगाउँतर्फ जाँदै गरेको को २ त ७६१० नम्बरको ट्याक्टर सडकमा दुर्घटना भएको हो।
दुर्घटनामा सोही ठाउँ बस्ने १८ वर्षीय चालक मनिष दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३ २१:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

