Harsamaya
जेनजी घाइते २६६० पुगे
जेनजी आन्दोलन ।

काठमाडौं - सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप २२ जनाको नाम समावेश गर्दै जेनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न गरेको हो । 

पछिल्लो पटक प्राप्त २५० जनामध्ये २२ जना मात्र घाइतेको नाम सूचीकृत गरेसँगै जेनजी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए । 

उनका अनुसार मन्त्रालयको मापदण्डअनुसार जेनजी आन्दोलनका क्रममा घाइतेको सङ्ख्या दुई हजार ६६० पुगेको छ ।‘निर्वाचनपछि नयाँ सरकार बनपछि थप हामीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र अन्य ठाउँबाट २५० जनाको नाम आएको थियो,’ उनले भने, ‘तर मन्त्रालयको मापदण्डअनुसार २२ जना मात्र घाइतेको प्रमाणीकरण गरी सूचीकृत गरिएको हो ।’

केन्द्रका प्रमुख डा बुढाथोकीले ती २२ जनाको नाम गत भदौ २३ र २४ गतेको अस्पतालमा भएको ‘रेकर्ड’ र अस्पतालको प्रमुखले प्रमाणीकरण पठाएपछि मात्र मन्त्रालयले प्रमाणीकरण गरी सूचीकृत गरेको बताए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरिका ९९ अस्पतालमा घाइतेको उपचार भएको थियो । 

नयाँ प्रमाणीकरण भएका २२ जनाको नाम गृह मन्त्रालयमा पठाइएको उनले बताए । जेनजी घाइतेहरूले अध्ययन गर्न कोटा, जागिर र उपचार पाउने गर्दछन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update