Harsamaya
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत सो विधेयकमाथिको सामान्य छलफलका क्रममा आज ६७ जना सांसदले आ–आफ्नो धारणा राखेका थिए । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१  माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभासमक्ष पेस गरेका थिए । मन्त्री लेखकले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । 
अध्यादेश जनपक्षीय छैनन् भनेर पुष्टि गर्न विपक्षी दललाई एमाले महासचिवको चुनौती
अध्यादेश जनपक्षीय छैनन् भनेर पुष्टि गर्न विपक्षी दललाई एमाले महासचिवको चुनौती एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन अध्यादेश संसद छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नका लागि ल्याइएको दाबी गरेका छन् ।
सरकारलाई संसदको प्रश्न - सिमेन्टको मूल्य वृद्धि किन भयो ?
सरकारलाई संसदको प्रश्न - सिमेन्टको मूल्य वृद्धि किन भयो ? यस्तै, अर्का सांसद योगेन्द्र मण्डलले सिमेन्टको मूल्य कायम गर्न सम्बन्धित मन्त्रालयले गरेको निर्णयको समेत कार्यान्वयन नभएको भन्दै खेद प्रकट गरे । उनले सिमेन्टको मूल्य वृद्धिले निर्माण व्यवसायी र आमनागरिकलाई परेको मर्कातर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।
वर्तमान सरकार कुनै हालतमा ढल्दैन - प्रधानमन्त्री ओली
वर्तमान सरकार कुनै हालतमा ढल्दैन - प्रधानमन्त्री ओली मुलुकमा लगानी भित्राउने र उद्योग स्थापनाका लागि सहजीकरण गर्न सरकारले अध्यादेश ल्याएको ल्याएको भन्दै उनले आम रूपमा अध्यादेशले उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको उल्लेख गरे । 
परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग
परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग आज भएको भेटका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएका थिए । नेपाली युवा विपिनलाई हमासबाट मुक्त गर्न आफूले सक्दो पहल गर्ने आस्वासन उनले दिएका थिए । 
अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली
अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताए ।
सरकार हाम्रो कहिले हुन्छ ?
सरकार हाम्रो कहिले हुन्छ ? ११ जना आगलागीबाट घाइते हुँदा यो देशका कुनै पनि राजनीतिज्ञलाई छोएन । न त छोयो सरकारलाई नै ।  उनीहरूले अस्पतालसम्म जान एम्बुलेन्ससम्म पाएनन् ।  पानी बोक्ने गाडीमा तत्काल अस्पताल लगिएको थियो । शान्दार मम आगलागी किन भयो सरकारले अध्ययन गर्न समेत जरुरी ठानेन ।
कतारका विदेशमन्त्रीलाई आरजुको आग्रह - विपिनको रिहाइका लागि सहयोग गरिदिनूस् 
कतारका विदेशमन्त्रीलाई आरजुको आग्रह - विपिनको रिहाइका लागि सहयोग गरिदिनूस्  केही समय अघि पनि मन्त्री डा देउवाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् ।  खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । 
भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम - डा.शेखर
भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम - डा.शेखर नेता कोइरालाले भ्रष्टाचार विरुद्ध निर्मम हुनु आवश्यक रहेको औँल्याए। देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको नेता कोइरालाले प्रस्ट पारे।
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन जातीय विभेद निर्मूल गर्न सरकार लागिपरेको उनले बताए । ‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुनेगरी राख्नुपर्छ भन्ने मान्छे म हुँ । त्यही अनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेद निर्मूल हुनुपर्छ भनेर म सधैँ लागिपरेको छु,’ गृहमन्त्रीले भने । 
 वर्तमान सरकारले कानुनको खुलेआम उल्लंघन गर्यो - अध्यक्ष नेपाल
 वर्तमान सरकारले कानुनको खुलेआम उल्लंघन गर्यो - अध्यक्ष नेपाल वर्तमान सरकारमा दुई तिहाइको दम्भ सवार भएको भन्दै उनले समितिमा विचाराधीन भएका विधेयक फिर्ता नलिइ सोही विषयमा अध्यादेश ल्याएको धारणा राखे । उनले अध्यादेशमार्फत ३० वटा कानुनमा संशोधन गर्न खोज्नु सही नियत नरहेको बताए । 
सिके राउतका नेता-कार्यकर्ताले फेसबुकमा बन्दुक प्रदर्शन गरेपछि अनुसन्धान सुरु
सिके राउतका नेता-कार्यकर्ताले फेसबुकमा बन्दुक प्रदर्शन गरेपछि अनुसन्धान सुरु जनमतका अध्यक्ष शेख जमसैदको घरमा प्रदर्शन गरिएको दुइवटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ भइरहेको उनले बताए। छानबिनको क्रममा हतियार सरकारबाट इजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवै जना मानिस उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।
Weather Update