नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं - आज नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । सोमबार बिहान ११ बजे ललितपुर, च्यानलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो ।
बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिपोर्टिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
आजबाट सुरु भएको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमा छलफल हुनेछ । यो बैठक दुहिदिन सम्म चल्ने छ ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ ०८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय