Harsamaya
विपद्मा सरकार आफू काम नगर्ने र अरूलाई पनि गर्न नदिने अवस्थामा रह्यो : आरेन राई
विपद्मा सरकार आफू काम नगर्ने र अरूलाई पनि गर्न नदिने अवस्थामा रह्यो : आरेन राई राईले विपद्को सुरुवाती अवस्थामा सरकारले उद्धार कार्यमा ढिलाइ गरेको आरोप लगाए । उनका अनुसार प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा निकाय, युवा, पूर्वसुरक्षाकर्मी, विज्ञ टोली तथा सहयोग गर्न चाहने संघसंस्थालाई प्रभावकारी रूपमा परिचालन गर्न सकिएको छैन ।
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने उनले भने, ‘प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ। हिजो भर्खर स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञसम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनुभएको छ । प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको जनप्रतिनिधिसँग भेटिरहनुभएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो।’
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा शर्माले आर्थिक अभावका कारण अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु दुःखद् र लज्जाजनक भएको बताइन् । उनले रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमा जानुपर्ने हो र भन्दै प्रश्न गरिन् ।
विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी (भिडियो)
विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी (भिडियो) कानुनी अधिकारको दुहाई दिँदै अनुगमन निकायहरू मूकदर्शक र निरीह बन्नु सरकारको गैरजिम्मेवारीपन भएको उनले बताए ।
डिजिटल प्रविधिमा संसद् जानु चाहना होइन, आवश्यकता हो : सभामुख अर्याल (भिडियोसहित)
डिजिटल प्रविधिमा संसद् जानु चाहना होइन, आवश्यकता हो : सभामुख अर्याल (भिडियोसहित) उनले भने, ‘यो हाम्रो चाहना भन्दा पनि यो हाम्रो आवश्यकता हो भन्ने लाग्छ। अहिलेको विश्वको अत्यन्तै फास्ट प्रविधिको युगमा हामी अब योभन्दा ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो।’
मन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द
मन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठुलो क्षति पुगेको तथा अझै पनि ठुलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारी मन्त्रालयसामु छ । 
‘ओल्ड ब्यागेज’ सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आवश्यक : मन्त्री खनाल (भिडियोसहित)
‘ओल्ड ब्यागेज’ सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आवश्यक : मन्त्री खनाल (भिडियोसहित) तर ‘ओल्ड ब्यागेज’ अभिव्यक्तिलाई राज्यको विरासत वा राज्य र सरकार निरन्तर उत्तराधिकारी संस्था हुने स्थापित राजनीतिक मान्यताविपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुने उनले बताए ।
गुठीसम्बन्धी विगतका सहमति सरकारले पालना गर्छ : मन्त्री रावल (भिडियोसहित)
गुठीसम्बन्धी विगतका सहमति सरकारले पालना गर्छ : मन्त्री रावल (भिडियोसहित) ‘गुठी संस्थान ऐन, २०३३ को दफा २७ र ३० ले गुठी जग्गामा मोहीको हक र सो हक खरिद–बिक्री हुन सक्ने विशेष व्यवस्था गरेको छ। गुठीको मोही लागेको जग्गा बिक्री–वितरण वा हक हस्तान्तरण गर्न पाइने कुरामा दुई मत छैन,’ उनले भनिन् । 
पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग
पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले भदौ १० गतेको विपत्तिबाट नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका प्रकाश जोशीको परिवारले भोगेको पीडा उदाहरणका रूपमा प्रस्तुत गरिन्।
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप उनले भने, ‘प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नु हामी सबै माननीय सदस्यहरूको दायित्व हो र यसमा सबैभन्दा बढी जिम्मेवारी सरकारको हुन आउँछ । हामीले धेरै पटक आग्रह गरिसकेका छौँ । यो विषय उठान गरिसकेका छौँ । सरकार पक्षबाट, सत्तापक्षबाट पटक–पटक यो सदनको गरिमा आँच आउने गरी, मर्यादामा आँच आउने गरी...
आईसीयूमा उपचार गरिरहेका विरामीको अन्तर्वार्ता लिएकोप्रति सांसद बाँस्कोटाको आपत्ति
आईसीयूमा उपचार गरिरहेका विरामीको अन्तर्वार्ता लिएकोप्रति सांसद बाँस्कोटाको आपत्ति बिरामीका परिवारका सदस्यलाई समेत निश्चित समय र आवश्यक स्वास्थ्यसम्बन्धी नियम पालना गरेर मात्र भेट्न दिइने गरेको उनले बताइन् । तर उनले दुई दिनअघि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले संवेदनशिलतालाई नै उदाङ्गो पारिदिएको बताइन् । 
जाजरकोटमा बाढीपहिरोको जोखिम बढ्यो, नागरिकको जीवन सुरक्षामा सरकारको ध्यानाकर्षण
जाजरकोटमा बाढीपहिरोको जोखिम बढ्यो, नागरिकको जीवन सुरक्षामा सरकारको ध्यानाकर्षण बुढाले साउन ३० गते आएको बाढीले ताक्सुगाडमा चारवटा घर, झोलुङ्गे पुल र अस्थायी कजवे बगाउनुका साथै भेरी करिडोरमा समेत क्षति पुर्‍याएको बताए। रोलीजिउलाको सिँचाइ नहर क्षतिग्रस्त हुँदा किसानको धानबालीसमेत प्रभावित भएको उनको भनाइ छ।
Weather Update