संसद बैठक आधा घण्टाका लागि स्थगित
बुधबार, चैत १३, २०८१
प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

राजावादी र गणतन्त्रवादीले भृकुटीमण्डप र तीनकुनेमा प्रदर्शन गर्ने
बुधबार, चैत १३, २०८१
गणतन्त्रको पक्षधर र राजावादीहरूको काठमाडौंमा एकैदिन प्रदर्शन हुँदैछ । चैत १५ मा समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् ।
-1739183540.png)
राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जबाफ दिने
बुधबार, चैत १३, २०८१
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछन् भने विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी व्यवस्था आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको...

प्रतिनिधिसभाको बैठक बस्दै, बैंकिङ कसुर सम्बन्धी विधेयक टेबुल हुने
बुधबार, चैत १३, २०८१
साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राजसंस्था पुन:स्थापनाका लागि राप्रपा आन्दोलनमा होमियो
मंगलबार, चैत १२, २०८१
प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र स्थापना, संघीयताको विरोधमा आन्दोलनमा जाने निर्णय गरेको हो। यसका लागि जुनसुकै समूहले आन्दोलन गरे पनि समर्थन जनाउने पार्टीको निष्कर्ष रहेको श्रेष्ठले बताए।

विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने विषयमा सत्तापक्षीय दलबीच छलफल
मंगलबार, चैत १२, २०८१
प्रधानमन्त्री निवास बालुवाटरमा भएको बैठकमा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको हो । बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको थियो ।

विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुुर्याउने विषयमा सत्तापक्षीय दलबीच छलफल
मंगलबार, चैत १२, २०८१
सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्याउन पहल गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि थाइल्याण्डका राजदूतको शिष्टाचार भेट
मंगलबार, चैत १२, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेट गरेका छन् ।

विद्यार्थीद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
मंगलबार, चैत १२, २०८१
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बागबजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

कुलमानलाई हटाएर सरकारको औचित्य समेत समाप्त भएको छ :रास्वपा
मंगलबार, चैत १२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको बताएको छ ।

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण (भिडियोसहित)
मंगलबार, चैत १२, २०८१
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।

कुलमानलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग
मंगलबार, चैत १२, २०८१
प्रवक्ता सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई पार्टीले खारेज गर्ने पनि बताए ।

एउटै मन्चबाट डा.शेखर र शशांकले सुनाए गिरिजाप्रसादको योगदानको कथा (भिडियोसहित)
मंगलबार, चैत १२, २०८१
कार्यक्रममा डा.शशांकाले गिरिजाप्रसादले पहिला प्लेन हाइज्याक गरेपछि मात्रै बिपीलाई जानकारी दिएको सुनाए । गिरिजाप्रसाद कोइरालाले आफ्नो बुबा विश्वेश्वरप्रसाद (बिपी)कोइरालालाई थाहै नदिई ‘प्लेन हाइज्याक’ गरेको प्रसंग सुनाएका हुन्
साताको लोकप्रिय