Harsamaya
हर्क साम्पाङको टिप्पणी: ‘सांसदको माइक काट्नु जनताको आवाज दबाउनु हो’ 
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ।

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा सांसदहरूले बोलिरहेका बेला माइक काट्ने कार्यप्रति आपत्ति जनाएका छन्।

उनले यस्तो कार्यलाई ‘जनताको आवाज काट्नु’  सरह भएको भन्दै आलोचना गरेका छन्। ‘सांसदले बोल्दा बोल्दै माइक काट्नु गलत हो, यो जनताको आवाज दबाउनु हो,’  साम्पाङको भनाइ छ।

उनले यदि यस्तो प्रवृत्ति दोहोरिए सांसदहरू आफ्नै हाते माइक लिएर संसदमा जाने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

साम्पाङले जनप्रतिनिधिहरूलाई आफ्नो जिम्मेवारीअनुसार मर्यादित व्यवहार गर्न आग्रह गर्दै ‘माननीय भएपछि माननीयकै व्यवहार देखाउनुपर्छ’  भन्ने टिप्पणी गरेका छन्।


 

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update