राजावादीहरुको हिंसात्मक गतिविधिको नेविसंघले प्रतिकार गर्ने
शनिबार, चैत १६, २०८१
‘नेपालको संविधानले लोकतान्त्रिक प्रणालीलाई आत्मसात गर्दै हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता, सभासम्मेलन गर्ने, राजनीतिक संघसंस्था खोल्न पाउने तथा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर काठमाडौंमा अनियन्त्रित भीडद्वारा गरिएको अराजक गतिविधि, लुटपाट, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, व्यवसायीहरू माथिको नियोजित आक्रमण, स्वतन्य पत्रकारिताको मर्मलाई कुल्चिदैं गरिएको हत्या, हिंसा जस्ता क्रूरतापूर्ण घटनाले राजावादीहरूको निरंकुश, अत्याचारी, सामन्ती सोच र शैली पुनःउजागर गरेको छ,’विज्ञप्तिमा भनिएको छ ।

ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ : प्रचण्ड
शनिबार, चैत १६, २०८१
उनले सरकारले कडा कदम चाल्ने समय पनि यही नै भएको भन्दै अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

आपराधिक गतिविधिहरूको अनुसन्धान हुन्छ, संलग्नहरु कारबाहीमा आउँछन् : गृहमन्त्री
शनिबार, चैत १६, २०८१
उनले भने, ‘मानिस घाइते भएका छन् उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । उनीहरूका लागि सरकारले आवश्यक उपचारको व्यवस्था पनि गर्छ र हिजो जुन आपराधिक घटना भएको छ । सञ्चार गृहमाथि आक्रमण गर्ने छानी छानी गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने निजी र सरकारी...

शुक्रवारको प्रदर्शन राजनीतिक होइन, आपराधिक कदम हो : गृहमन्त्री
शनिबार, चैत १६, २०८१
सोही क्रममा उनले यो कुनै राजनीतिक दर्शनभन्दा पनि आपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए । सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।

राजावादी समर्थक अधिवक्ता स्वागत नेपालसहित थप तीन जना पक्राउ
शनिबार, चैत १६, २०८१
यसअघि ललितपुरको ग्वार्कोबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए ।

रविन्द्र मिश्र र धवलशमशेर पक्राउ
शनिबार, चैत १६, २०८१
शुक्रबार दिउँसो तीनकुनेमा प्रसाईंको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो । प्रहरीले बज बिहान सात बजेसम्म कर्फ्यु जारी गरेको छ ।

काँग्रेसले भन्यो - नागरिकमा रहेका असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट सम्भव छ
शुक्रबार, चैत १५, २०८१
आजको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउने प्रति नेपाली कांग्रेस गहिरो श्रद्धाञ्जली व्यक्त गर्दछ । घाइतेहरूको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गर्दै, हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन पनि काँग्रेसले आग्रह गरेको छ ।

हरेक क्षेत्रमा दादागिरी छ : मेयर आचार्य (भिडियोसहित)
शुक्रबार, चैत १५, २०८१
पोखरा महानगरपालिका मेयर धनराज आचार्यले हरेक ठाउँमा दादागिरी हुने गरेको बताएका छन् ।

कर्फ्युको समयमा सडकमा उत्रिएका प्रदर्शनकारी लखेटिए (भिडियोसहित)
शुक्रबार, चैत १५, २०८१
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार अपरान्ह ४:२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कर्फ्यु लागू गरेको क्षेत्रमा प्रदर्शन भएको थियो ।

दुर्गा प्रसाईं कारबाहीको दायरमा आउँछन्, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ : गृह मन्त्रालय (भिडियोसहित)
शुक्रबार, चैत १५, २०८१
शुक्रबार साँझ पत्रकार मन्त्रालयमा सम्मेलन गर्दै सरकारको उक्त आन्दोलनका कमान्डर प्रसाईंलाई कारबाहीको दायरमा ल्याइने जनाए । प्रदर्शनका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको पनि पत्रकार सम्मेलनमा पुष्टि गरे ।

एमाले मुख्यालयमा सुरक्षा व्यवस्था कडा
शुक्रबार, चैत १५, २०८१
त्यस्तै एमाले निकट प्रेस चौतारीको नव निर्वाचित पदाधिकारी एवम सदस्यहरूको शपथग्रहण कार्यक्रम पनि अन्योलमा परेको छ । प्रधानमन्त्री केपी ओली पुग्ने भनिएको उक्त कार्यक्रम अन्योलमा परेको हो ।

आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
शुक्रबार, चैत १५, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

तोडफोडपछि राजावादीहरूले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी
शुक्रबार, चैत १५, २०८१
प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् ।
साताको लोकप्रिय