Harsamaya
सभामुखद्वारा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्उ ।

नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे । उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटी गर्न नहुने बताए।

सभामुख अर्यालले आफ्ना संस्था वा व्यक्तिगत हितभन्दा सेवाग्राहीको सन्तुष्टिलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गर्दै जनताको मुहारमा खुसी ल्याउने र सरकारले जनताका लागि काम गरिरहेको अनुभूति दिलाउन स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

स्थानीय तहलाई सुदृढ बनाउन तथा बजेटलगायत विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए । 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update