साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
काठमाडौं - प्रधानमन्त्री बालेन शाहको काँधमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि आइपुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा आएको हो ।
प्रधानमन्त्रीले रक्षा, उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैं हेर्दै आइरहेका छन् ।
पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन निर्देशन दिएपछि प्रधानमन्त्री शाहले फिर्ता बोलाएका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२ १८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

