दिनभर जंगलमा लुकेर बस्ने हात्ती बस्ती पसेपछि ...
शनिबार, माघ ५, २०८१
हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हरिपुर नगरपालिका–१ हजारबिघा क्षेत्रमा किसानले लगाएका बालीनाली जङ्गली हात्तीले क्षति गरेको हो ।
नेपाल एयरलायन्सको जहाज ग्राउन्डेड, महिना दिनदेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द
शनिबार, माघ ५, २०८१
यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।
कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा आक्रमण
शनिबार, माघ ५, २०८१
कोशीका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ।
नेपाल प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको हो।
कोशी प्रदेशका लागि ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लीन छु: मुख्यमन्त्री कार्की (अन्तर्वार्ता)
शनिबार, माघ ५, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की हाल तेस्रो पटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुई पटक मुख्यमन्त्री बनेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहेका उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका छन्।
भुल्केका ४६८ घरमा ‘एक घर, एक धारा’
शनिबार, माघ ५, २०८१
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो ।
रेशम र सीताको मौलिक गीत ‘ढल्यो लाँकुरी’ सार्वजनिक
शनिबार, माघ ५, २०८१
रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक भएको छ । पञ्चेबाजाको तालमा रहेको यो गीतलाई सीता परियार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रमेश बिजीको शब्द रहेको गीतको लय सङ्कलन रमेश निर्दोषले गरेका हुन् ।
एउटा स्कूल जहाँ दिवा खाजाका लागि विद्यालयको कौसीमा फलाइन्छ तरकारी
शनिबार, माघ ५, २०८१
तित्याङ्का विद्यार्थीले गमलामा तरकारीखेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्थाले सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो ।
लोडसेडिङ मुक्त गर्ने कुलमानलाई निकाल्न सरकार लाग्यो - प्रचण्ड
शनिबार, माघ ५, २०८१
‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकता बद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं,’ उनले भने, ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाईंहरूसमक्ष आएका छौं, तपाईंहरूलाई पनि...
राजनीतिक अस्थिरताको दोष निर्वाचन प्रणालीलाई दिने प्रवृत्ति गलत : प्रमुख निर्वाचन आयुक्त थपलिया
शनिबार, माघ ५, २०८१
संसदीय मामिला पत्रकार समाजले काभ्रेको धुलिखेलमा आयोजना गरेको निर्वाचन प्रणाली सुधार विषयक अन्तरक्रिया कार्यक्रममा थपलियाले दलहरूले दुई तिहाई बहुमत ल्याउँदा पनि ३ वर्ष सरकार नटिकेको भन्दै निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरता भयो भन्ने प्रवृत्ति उचित नभएको बताएका हुन् ।
म्याग्दीमा जीप दुर्घटना
शनिबार, माघ ५, २०८१
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका चालक ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो।
बौद्धिक महिलाका ५ विशिष्ट विशेषता
शनिबार, माघ ५, २०८१
उच्च बौद्धिक अन्तर्मुखीहरूमा प्रायः विशिष्ट गुणहरू हुन्छन्, जसले तिनीहरूलाई अरूभन्दा फरक बनाउँछ। मनोविज्ञानका अनुसार उनीहरूको व्यवहार र प्राथमिकताहरूले उनीहरूको गहिरो सोच र आत्मनिर्भरता झल्काउँछ।
चितुवाको छालासहित एक जना पक्राउ
शनिबार, माघ ५, २०८१
कैलालीमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रहरीले चौधरीलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको जनाएको छ।
जाडो छल्न १२० विद्यार्थीलाई न्यानो कपडा वितरण
शनिबार, माघ ५, २०८१
मोरङको पथरी-शनिश्चरे वडा नम्बर १० मा रहेको जालपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
कक्षा १ देखि ८ कक्षासम्मका १२० विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो।
साताको लोकप्रिय

-1737214625.jpg)