खानी खोला हाइड्रोपावरको माघ ३० गते वार्षिक साधारण सभा
बुधबार, माघ ९, २०८१
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ ३० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार : ६ महिनामा लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन
बुधबार, माघ ९, २०८१
आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार आएको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा (साउन देखि पौषसम्म) लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन गरेको छ ।
नेपाल फाइनान्सले नाफा २ करोड कमाएयाे
बुधबार, माघ ९, २०८१
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले नाफा कमाएको छ । कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो ।
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
बुधबार, माघ ९, २०८१
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्दैछ ।
तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै
बुधबार, माघ ९, २०८१
जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपिभी खोप लगाउन लागिएको हो ।
कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा
बुधबार, माघ ९, २०८१
कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले तीन लाख चार हजार लागतमा ठेक्का प्रक्रियामार्फत शव चिस्यानयन्त्र खरिद गरी सेवा सञ्चालन गरेको हो ।
तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
बुधबार, माघ ९, २०८१
कालीगण्डकी नदीमा रु. १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ ।
पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार
बुधबार, माघ ९, २०८१
पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो ।
शिवसताक्षी नगरपालिकामा फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक
बुधबार, माघ ९, २०८१
'स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको हो,' उनले भनिन्, 'माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई जानकारी गराइसकेका छौँ ।'
गौरवको योजनामा कमसल सामाग्री प्रयोग, कालोपत्र गरेको १५ दिनमै चर्कियो सडक
बुधबार, माघ ९, २०८१
सिरहाको कमला देखि सप्तरीको कञ्चनपुर सम्म निमार्ण भईरहेको पूर्व पश्चिम लोकमार्गको ४ लेन सडकमा कमसल निर्माण सामाग्री प्रयोग गरीरहेको पाईएको छ ।
दुई अर्ब ४५ करोडमा चार सय किलोमिटर पदमार्ग बनाउँदैछौँ : मुख्यमन्त्री कार्की
मंगलबार, माघ ८, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको पहलमा दुई अर्ब ४५ करोडको लगानी साझेदारीमा चार सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण भइरहेको बताएका छन्।
‘मेरा कलमका डोबहरू’ विमोचन: गीताको सिर्जना र प्रवासी भावनाको कथा
मंगलबार, माघ ८, २०८१
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको दोस्रो कृति ‘मेरा कलमका डोबहरू’ आज लोकार्पण गरिएको छ।
यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ
मंगलबार, माघ ८, २०८१
प्रहरीले यौन दुर्व्यवहारको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक चालकलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ।
साताको लोकप्रिय

