कांग्रेसका ३७ विभागमा सचिव मनोनीत (सूचीसहित)
शनिबार, पुस २७, २०८१
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनयन गरिएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार सभापति शेरबहादुर देउवाले सचिव मनोनीत गरेका हुन् । कांग्रेसले महाधिवेशनपछि हालसम्म ५५ विभाग गठन गरेको छ । तर, कुनै पनि विभागका सचिव तोकिएका थिएनन् ।
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
शनिबार, पुस २७, २०८१
जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो ।
जीपको ठक्करबाट एक जनाको मृत्यु
शुक्रबार, पुस २६, २०८१
जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएको थियो ।
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
शुक्रबार, पुस २६, २०८१
रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन्। जुनारखेतीबाट प्रशस्त र दोहोर आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका हुन्।
हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
शुक्रबार, पुस २६, २०८१
प्रधानमन्त्री केपी ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकतामा रहने बताएका छन् । नेपाल हस्तकला महासंघको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरूले सक्दो पहल गर्ने...
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत (सूचीसहित)
शुक्रबार, पुस २६, २०८१
प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।
कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
शुक्रबार, पुस २६, २०८१
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो ।
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
शुक्रबार, पुस २६, २०८१
सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।
गुल्मीमा बढ्यो सुन्तला उत्पादन
शुक्रबार, पुस २६, २०८१
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै कृषक खुसी भएका छन् ।
गुल्मीमा यस वर्ष २४ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत वर्ष...
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
शुक्रबार, पुस २६, २०८१
संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश...
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
शुक्रबार, पुस २६, २०८१
लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् ।
विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो...
झापामा सीमास्तम्भ मर्मत गरिँदै
शुक्रबार, पुस २६, २०८१
झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ। नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए।
सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व असुलीमा असर
शुक्रबार, पुस २६, २०८१
सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ । नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए ।
साताको लोकप्रिय

