चिसोले इटहरीमा विद्यालय बन्द
                            
                            
                                                        
                                                    
                                                            सुनसरी - अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिका अन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।
केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताए ।
उनले भने, “मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको छ ।”
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०८:३२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
