Harsamaya
म्याग्दीका सडक योजनामा बजेट अभाव
म्याग्दीका सडक योजनामा बजेट अभाव गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ ।
लक्ष्मीनारायण सङ्ग्रहालय: पुरानो धर्मशालामा ऐतिहासिक धरोहरको संरक्षण
लक्ष्मीनारायण सङ्ग्रहालय: पुरानो धर्मशालामा ऐतिहासिक धरोहरको संरक्षण पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ । लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रूपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो । रामपुर–४ खोप्टारमा करिब दुई सय वर्ष पुरानो उक्त धर्मशालाको पुनर्निर्माणपश्चात् रामपुर नगरपालिका, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, सरोकारवालालगायतको पहलमा सङ्ग्रहालय स्थापना गरिएको हो । गाउँघरमा प्रचलनमा रहेका पुराना ऐतिहासिक वस्तु तथा...
लघुवित्त खाता खोल्न माघ १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य
लघुवित्त खाता खोल्न माघ १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने...
‘जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपरिरहेको छ’
‘जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपरिरहेको छ’ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी विपत्ति आएको बताएकी छिन् । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालद्वारा आज यहाँ आयोजित ब्लाङ्केट वितरणमा उनले बेमौसमी विपत्तिका कारण नेपालले जनधनको क्षतिको जोखिम भोग्दै छ भनिन्। 
दुर्गा प्रसाईं र  हरिचन्द्र फुयाल धरौटीमा रिहा
दुर्गा प्रसाईं र  हरिचन्द्र फुयाल धरौटीमा रिहा झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादीले कति बुझाए धरौटी ?
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादीले कति बुझाए धरौटी ? पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित छ जनाले धरौटी रकम बुझाएका छन् ।  लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालका...
लेखा समिति सभापतिका पूर्व पिए पोखरेल ५ दिन हिरासतमा
लेखा समिति सभापतिका पूर्व पिए पोखरेल ५ दिन हिरासतमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् । जिल्ला अदालत मोरङले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय मोरङलाइ अनुमति दिएको हो ।
‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे कारबाही’
‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे कारबाही’ प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कारबाही गर्ने भएको छ । विभागले औषधिपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना जारी गर्दै विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधि बिक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको...
सामाजिक सञ्‍जालको बेथितिलाई नियमन गर्न जरुरी छ : मन्त्री गुरुङ
सामाजिक सञ्‍जालको बेथितिलाई नियमन गर्न जरुरी छ : मन्त्री गुरुङ सञ्चार तथा  सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन्। मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी गरिरहेको उनले बताए । 
पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश
पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश सहकारी ठगी मुद्दामा छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजीसमेत रहेका जोशीसँग ८८ लाख रुपैयाँ माग गरिएको हो । 
छुटे रवि लामिछाने
छुटे रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने  ८४ दिनपछि धरौटीमा रिहा भएका हुन्  । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छिन् ।  शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा  आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू क्रियाशील रहेको बताइन् । 
Weather Update