Harsamaya
बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छः प्रधानमन्त्री ओली
बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छः प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन: थालिएका काममा प्रगति हुँदैछ
प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन: थालिएका काममा प्रगति हुँदैछ प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै विकास निर्माणमा थालिएका कामको प्रगति भइरहेको बताएका छन् ।
निलम्बन फुकुवा गरिदिन रवि लामिछानेले सभामुखलाई बुझाए निवेदन
निलम्बन फुकुवा गरिदिन रवि लामिछानेले सभामुखलाई बुझाए निवेदन रास्वपाका सभापति रवि लामिछानेले सांसद पदबाट निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सभामुख घिमिरेलाई भेटेर रविले आफ्नो सांसद पद निलम्बन फुकुवाको मा ग गरेका हुन् ।
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग 
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग  भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरूले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर...
जग्गाधनी प्रमाणपत्र पाउने आशमा महोत्तरीका भूमिहीन
जग्गाधनी प्रमाणपत्र पाउने आशमा महोत्तरीका भूमिहीन जिल्ला आयोगले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र दिन यसअघि प्राप्त आवेदनहरुमा जाँचबुझ थालिसकिएको जनाएको छ ।‘हामीले काम थालेका छौँ’, अध्यक्ष महतो भन्छन्,‘पहिलो चरणमा यसअघि प्राप्त निवेदनमा जाँचबुझ भइरहेको छ ।’
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न थालियो पहल
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न थालियो पहल विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।
बेनी–दरवाङ सडकः रणवाङ–दरबाङ खण्डमा कालोपत्र सुरू
बेनी–दरवाङ सडकः रणवाङ–दरबाङ खण्डमा कालोपत्र सुरू जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ ।
अलपत्र ३९ तीर्थयात्रीको सशस्त्र प्रहरी बलले गर्यो उद्धार
अलपत्र ३९ तीर्थयात्रीको सशस्त्र प्रहरी बलले गर्यो उद्धार कास्की, काठमाडौँ, भक्तपुर, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र रहेका सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ कञ्चनजङ्घा गुल्मले उद्धार गरी पाँचथरतर्फ पठाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 
कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते
कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते घाइते १७ जनामध्ये १२ जनाको कञ्चपुरको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको र अन्य ५ जनाको नव जीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक ४३ वर्षीय सियाराम रानालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
दुई दलले मात्रै संविधान संशोधन गर्नु हुँदैन - डा.शेखर
दुई दलले मात्रै संविधान संशोधन गर्नु हुँदैन - डा.शेखर कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति राजनैतिक पद नभएकाले आगामी संविधान संशोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताए । न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने भएकाले यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषदमा बार एसोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन तथा संसदीय सुनुवाइको प्रावधान खारेज गर्न उनले आग्रह गरे । 
दिक्तेलबाट बिरामी लिएर हिँडेको सुमो दुर्घटना: एकै परिवारका तीनको मृत्यु
दिक्तेलबाट बिरामी लिएर हिँडेको सुमो दुर्घटना: एकै परिवारका तीनको मृत्यु जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७:३० बिरामी लिएर काठमाडौँ हिँडेको थियो । आगलागीमा परी गम्भीर घाइते भएकी माया गुरुङलाई लिएर काठमाडौँ जाँदै गरेको सुमो गएराति दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
‘नो केबलकार’ पक्षधरलाई वार्तामा आउन कोशी सरकारको आव्हान
‘नो केबलकार’ पक्षधरलाई वार्तामा आउन कोशी सरकारको आव्हान ताप्लेजुङ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केबलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताए। 'असन्तुष्ट पक्षहरूसँग प्रदेश सरकारबाट गठित वार्ता समिति औपचारिक रूपमा वार्ताको लागि आव्हान गर्दछ,' निर्णयमा भनिएको छ। 
Weather Update