Harsamaya
बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ
बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ । विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउँछन् ।
बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा
बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर  निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । 
झापा घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि काउन्सिलको कारबाही (विज्ञप्तिसहित)
झापा घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि काउन्सिलको कारबाही (विज्ञप्तिसहित) झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो/तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ ।
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ । 
छिल्लीकोट: इतिहास, प्रकृति र साहसिक पर्यटनको नयाँ गन्तव्य
छिल्लीकोट: इतिहास, प्रकृति र साहसिक पर्यटनको नयाँ गन्तव्य पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताए।
भक्तपुरमा बेलायती अधिराजकुमार: काष्ठकलामा हात चलाउँदै नेपाली सीपको प्रशंसा
भक्तपुरमा बेलायती अधिराजकुमार: काष्ठकलामा हात चलाउँदै नेपाली सीपको प्रशंसा भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए ।
खड्का गाउँमा दुई वटा चितुवा मृत भेटिए
खड्का गाउँमा दुई वटा चितुवा मृत भेटिए पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत फेला परेका छन् । बारीमा भेटिएका चितुवा अन्दाजी दुई वर्षको पोथी र बच्चा भएको डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए । 
गोरखामा वृद्धाभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर मृत्यु
गोरखामा वृद्धाभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर मृत्यु काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए । “वृद्धाभत्ता बुझेर घर नर्फिएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौँ । आज बिहान करिब ७ बजे उहाँको शव फेला परेको हो”, उनले भने । 
काठमाडौंका ३५ भन्दा बढी ठाउँमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान
काठमाडौंका ३५ भन्दा बढी ठाउँमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान क्याम्पसमा पठनपाठन गर्ने विद्यार्थीहरू र अन्य पैदल यात्रुलाई अब बाटो काट्न सहज होस भनेर ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
पाथीभरा केबलकार विवाद : ६ बुँदे सहमति (सहमतिसहित)
पाथीभरा केबलकार विवाद : ६ बुँदे सहमति (सहमतिसहित) ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ । मंगलबार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएको हो ।
गैँडा स्थानान्तरणको काम सकियो
गैँडा स्थानान्तरणको काम सकियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चारवटा गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकिएको छ । निकुञ्जले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा तीनवटा पोथी र एउटा भाले गैँडा यस वर्ष स्थानान्तरण गरिएको हो ।
शुक्लाफाँटामा निःशुल्क आँखा शिविर
शुक्लाफाँटामा निःशुल्क आँखा शिविर शुक्लाफाँटा नगरपालिका-९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट दुई सय १७ जना लाभान्वित भएका छन् । वडा कार्यालयको आर्थिक सहयोगमा तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो ।
Weather Update