अब रारामा पर्यटक प्रहरी रहने
आइतबार, माघ २७, २०८१
रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ ।
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
आइतबार, माघ २७, २०८१
बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।
रिग्दी खोलामा असला माछा देखिन छाड्यो
आइतबार, माघ २७, २०८१
चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ ।
कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे ।
कालीगण्डकी करिडोरः मुस्ताङमा बने थप ३ वटा मोटरेवल पुल
आइतबार, माघ २७, २०८१
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ।
नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप
आइतबार, माघ २७, २०८१
यहाँको शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ ।
नगरपालिकाका आठ वटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रुपमा खोप लगाइएको हो ।
बागमती भूतपूर्व सैनिक संघको अध्यक्षमा मणिलोचन न्यौपाने चयन
आइतबार, माघ २७, २०८१
सदस्यमा भने लिला बहादुर तामाङ,रमेश अधिकारी ,फटक बहादुर कार्की ,रामकृष्ण थापामगर ,कृष्ण कुमार बानियाँ,पशुपति पौडेल ,बुद्धि बहादुर तामाङ ,भरत पाण्डे,शुक बहादुर गुरुङ ,श्याम बहादुर गुरुङ ,नवराज श्रेष्ठ ,सुक बहादुर गुरुङ ,मधुकर केसि ,गोर्कण बोगटी र विजय गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत राजेश पाण्डेले बताए।
विदुर नगरपालिकामा आज सार्वजनिक बिदा
आइतबार, माघ २७, २०८१
नगर सदस्य धनमाया सुनारको निधन भएपछि नगरपालिकाले आज शोक बिदा दिएको नगरपालिकाले जारी सूचनामा भनिएको छ । सुनारको शनिबार निधन भएको थियो ।
निजी अस्पतालहरूमा मुख्यमन्त्रीको अनुगमन, धेरै अस्पताल स्विकृतिबिनै सञ्चालन
शनिबार, माघ २६, २०८१
शनिबार जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका बीस वटा निजी अस्पतालमा शनिबार अनुगमन गरेका मुख्यमन्त्री सिंहले बहुसंख्यक अस्पताल कानुनअनुसार संघ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिइकनै सञ्चालन भइरहेकाले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर अस्पताल बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिएका हुन् ।
देवघाटमा भक्तजनको भीड (फोटो फिचर)
शनिबार, माघ २६, २०८१
गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघमा नुहाउँदा फल प्राप्त हुने जनविश्वास छ । स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरू पनि देवघाटमा स्नान गर्न आउने गर्दछन् । माघेसंक्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ ।
डोटीमा अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
शनिबार, माघ २६, २०८१
बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका थिए ।
बाजुरामा बाटोमै बच्चा पाएकी सिर्जनाको उद्धार
शनिबार, माघ २६, २०८१
स्वास्थ्य चौकी भन्दा एक घण्टा टाढा बाटोमै शिशु जन्माएपछि उनलाई महिला स्वास्थ्यकर्मीले स्ट्रेचरमा बोकेर स्वास्थ्य केन्द्र पु्याएका थिए। माझपाली आधारभूत स्वास्थ्य केन्द्रकी स्टाफ नर्स सिता खडुकाले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्।
वालिङ–हुवास सडक: ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
शनिबार, माघ २६, २०८१
संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि रु चार करोड विनियोजन भएपछि सडक निर्माण अघि बढाइएको हो । मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीले नाप जाँच गरिसकेको छ ।
मध्यरातमा मुख्यमन्त्री सिंहले गरे अस्पताल अनुगमन, मुस्कान अस्पताल बन्द गर्न निर्देशन
शनिबार, माघ २६, २०८१
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले स्वास्थ्य संस्थाको अनुगमन अभियान सुरु गरेका थिए। तर, मधेश प्रदेशमा उनको स्थानमा स्वास्थ्य मन्त्रीको जिम्मेदारी शत्रुधन सिंह कोइरीले पाएदेखि स्वास्थ संस्थाको अनुगमन निरीक्षण रोकिएको छ ।
साताको लोकप्रिय

