
सिन्धुपाल्चोक - चौतारा बहुमुखी क्याम्पसमा फर्जी मतहालेपछि तनाव सिर्जना भएको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष रविन वाइवाका अनुसार अखिल क्रान्तिकारीले फर्जी मत खसालेपछी विवाद सुरु भएको र झडप समेत भएको हो ।
नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूले नाराबाजीसहित मतपेटिका समेत फालेका छन् ।अध्यक्ष वाइवाले स्ववियु चुनाव नै स्थगित भएको बताए । उनले हर समयसँग भने, ‘फर्जी मत हालेको हामीले थाहा पायौं यस्तो चुनावी प्रतिस्पर्धामा हामी (नेविसंघ र अनेरास्ववियु) भाग लिँदैनौं ।’ यता अनेरास्ववियु क्रान्तिकारीले भने मतको सुरक्षाको माग गर्दै निर्वाचन गर्नुपर्ने अडान राखेको छ ।
अहिले जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।
३७१ जना मतदाता रहेको चौतारा बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट सुशील लोप्चन सभापतिका उम्मेदवार छन् । लोप्चनलाई नेविसंघले साथ दिएको छ भने अखिल क्रान्तिकारीबाट अमृत श्रेष्ठ सभापतिको उम्मेदवार बन्दा उनलाई एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको साथ दिएको छ।
यो पनि पढ्नुहोस